Gorkha Sansar

उर्लाबारीका एक हजार दुई सय ९७ जना महिला लाभान्वित

उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेलको पहलमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको भीआईए चेकजाँच तथा स्वास्थ्य साक्षरता शिविरबाट एक हजार दुई सय ९७ जना लाभान्वित भएका छन् । उर्लाबारीका ९ वटै वडामा पाठेघरको मुखमा हुने क्यान्सरको चेकजाँच शिविर सम्पन्न भएको हो । चेकजाँचमा संलग्न चिकित्सक डा.भीभा सिंहले  यस्तो परीक्षण बाट वर्षौंपछि पाठेघरको मुखमा क्यान्सर हुने रहेछ भने पनि सुरुवाती अवस्थामै थाहा हुने र सम्भावित जोखीममा कमि ल्याउन सकिने  बताउनुभयो । गत असार १ गते वडा नम्बर ९ बाट शिविर सुरु गरेर विभिन्न वडामा संचालन भई ९ गते सम्पन्न गरिएको छ । अन्तिम दिन वडा नम्बर ६ मा एक कार्यक्रम गरी शिविर सम्पन्न गरिएको हो । भीआईए अर्थात् ‘भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड’ परीक्षणबाट जाँच गराएकामध्ये २३ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको थीयो । यस्तो समस्या देखिएका महिलाहरुको उर्लाबारी नगरपालिकाले थप उपचारको प्रबन्ध गरेको छ ।

शिविरमा जाँच गराउन आएका महिलामा क्यान्सरको पहिचान, अवस्थाको पूर्व जानकारी, उपचार विधिलगायत विषयमा सचेत गराउने र समस्या देखिएमा थप उपचारका लागि व्यवस्था मिलाएको नगर स्वास्थ्य शाखाका प्रमुख सुरेश खड्काले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका, खासगरी विपन्न अवस्थाका महिलामा पाठेघरको समस्याले पीडित भयका,  उपचार गराउन नसकिरहेको अवस्थामा यो शिविर ल्याउने आफ्नो प्रयासले सार्थकता पाएको भन्दै उपप्रमुख पौडेलले प्रसन्नता व्यक्त गर्नुभयो ।

उर्लाबारी नगरपालिकाको आयोजना,  कल्प इम्पावर वेमेन नेपालको संयोजन तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा ‘क्याम्पिएन सी–क्याप’ मातृत्व जोगाउने अभियान  अन्तर्गत महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको चेकजाच र स्वास्थ्य साक्षरता कार्यक्रम सम्पन भएको हो । समापन कार्यक्रममा मन्तव्य राख्नु हुँदै नगर प्रमुख गंगाप्रसाद खरेलले पाठेघरको क्यान्सर महिलाहरुको कहालीलाग्दो स्वास्थ्य समस्याका रुपमा देखिएकाले समस्या लुकाए स्वास्थ्यमा गम्भीरता बढ्दै जाने बताउँदै नियमित चेकजाँच गराउन आग्रह गर्नुभएको छ । उर्लाबारीमा संचालित शिविर परिणाममुखी हुनुका साथै महिलाहरुको उत्साहपुर्वक सहभागिता रहेको  नगरपालिकाको अभियानमा जोडिएका आगन्तुक सस्था कल्पका प्रतिनिधिलगायत चिकित्सकहरु नगरबाट खटिएका स्वास्थ्यकर्मी, स्वयंसेविका, कर्मचारी तथा सेवाग्राहीप्रति उहाँले विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौडेलको सभापतित्व रहेको समापन कार्यक्रममा सबै वडामा कार्यक्रम सफल बनाउन भुमिका निर्वाह गरेको भन्दै कल्प इम्पावर वेमेन नेपालतर्फबाट अध्यक्ष पूजा कोइरालाले कार्यक्रममा उपस्थित वडाध्यक्ष तथा वडाका प्रतिनिधिहरुलाई कदरपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम वडाध्यक्षहरु उर्मिला थापा, नरबहादुर मोक्तान, कुलबहादुर कार्की, तिलक पाण्डे, भीष्मराज बुढाथोकी तथा नगर कार्यपालिका सदस्य मनमाया तामाङ, कल्पना रोक्काको आतिथ्यता रहेको थियो । विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अस्पताल कोर्डिनेटर सुनिल देव, डा.भीभा सिहलगायत प्राविधिक तथा सहयोगी संस्था कल्पका प्रतिनिधिलाई नगर उपप्रमुख मीना खतिवडा पौडेलले आभार व्यक्त गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ६ का वडासचिव बालकुमार बरालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

थप समाचार

  • नेपालमै ५० वर्षलाई पुग्ने ग्यासको भण्डार

  • भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाउने

  • मुलुकभर डेंगी, १४०० बढी संक्रमित

  • सडक निर्माण विवादः चल्यो गोली

  • पूर्वाञ्चल विश्वविद्यालय ले लिएको इन्जिनियरिङको परीक्षामा आर्थिक चलखेल

  • नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.