Gorkha Sansar

मोरङमा ४ जना बालिका बेपत्ता

इटहरी । मोरङको बेलबारी वडा नम्बर-२ लालभित्ती स्थित एकै गाउँका ४ जना बालिका बेपत्ता भएका छन् ।

गणतन्त्र दिवशको अवसरमा गाउँमा आयोजित एक कार्यक्रममा सहभागीभई साथी भेटेर आउने भन्दै घरबाट हिडेका चारैजना बेपत्ता भएपछि पीडित परिवार चिन्तामा परेकमा छन् ।

लालभीत्तीकी १३ वर्षीया जेनिसा नेपाली, १५ वर्षीया सविता परियार, १२ वर्षीया स्मृति कार्की (डोली) र अनुष्का कार्की (डोली) पाँच दिन देखि बेपत्ता भएका हुन । एकैदिन एकै गाउँका चार जना बालिकाहरू हराएपछि पीडित अभिभावकहरूले इलाका प्रहरीकार्यालय बेलबारीमा खोजी गरि सहयोग पुर्याइदिन अनुरोध सहित उजुरी दिएका थिए ।

बेपत्ता चारजना मध्ये जेनिसा, सविता सुन्दरहरैचा वडा नम्बर –११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययन्नरत बिद्यार्थी हुन् भने स्मृति र अनुष्का बेलबारी  वडा नम्बर-२ स्थित कविर माविमा अध्यानरत बिद्यार्थी हुन् । पाँच दिन यता बेपत्ता भएका दलित बालिकाहरूको खोजी तिब्र बनाएपनि अहिले सम्म कुनै जानकारी, सम्पर्कमा नआएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

उजुरीपरे लगत्तै  मातहतमा सबैको तस्विर पठाएर खोजीकार्य गर्ने बेलबारी प्रहरी प्रमुख प्रहरीनिरिक्षक कृष्णबहादुर खत्रीले बताए । निरीक्षकका अनुसार आफन्तदेखि सबै साथीभाइहरूसँग खोजी गर्दा पनि बालिकाहरू नभेटिएपछि परिवार चिन्तामा डुबेको जनाएका  छन् ।

खोज्नुपर्ने सबै ठाउँमा  खोजी सक्यौ अहिले सम्म पत्ता लागेन बेपत्ता बालिकाका काका मानबहादुर कार्कीले बताए।

प्रहरीसंग सहकार्य गर्दै अझै पनि खोजी भइरहेको उनले बताए । गणतन्त्र दिवशको अवसरमा गाउँमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनिहरु साथी भेटेर आउने भन्दै घरबाट हिडेको परिवारका सदस्यले बताएका छन्। पाँच दिन सम्म  बेपत्ता भएका  चारैजना सम्पर्कमा नआएपछि परिवार चिन्तामा परेको छन्।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.