धनकुटास्थित् लेउती खोलामा अएको बाढीले सडक बगाएपछि शनिबार बिहानैदेखि अवरुद्द भएको सडक एक तर्फी रूपमा खुलेको छ ।
शनिबार रातभर परेको अबिरल बर्षाले धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पर्ने कोशी लोकमार्गस्थित घण्टे बजार र फेदी बजारको बीचमा पर्ने सडक लेउती खोलामा आएको बाढीले करिब १ सय मिटर सडक कटान गरेकोले दुबै तर्फको सडक अवरुद्द भएको खबर जिल्ला प्रहरी कार्यालय धनकुटाका निमिक्त सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुर्व नारायण श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी शनिबार बिहान साँगुरिगढी गापा वडा नं. ६ स्थित कोशि लोकमा पर्ने नमस्ते झरना छेउमा रुख लडि माथीबाट पहिरो झर्दा सडक अवरुद्द भएको थियो । अवरुद्ध सडक पुनः सूचारु गर्न प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राई, प्रदेस सभा सदस्य निरन राई, इन्द्रमणी पराजुली, जिल्ला समन्वय प्रमुख निरेन तामाङ प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, नेपाली सेना भिम दल गण सल्लेरी ब्यारेक धनकुटाका प्रमुख सेनानी गणेश थापा, जिप्रका धनकुटाका प्रमुख प्र.उ.शरत कुमार थापा क्षेत्री, सशास्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका प्रमुख स.प्र.ना.उ. मदननाथ समेतको टोली पुगेर खटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
शनिबार एकतर्फी रुपमा पैदल मानिसहरु आबतजाबत भईरहेको छ भने सडक बिभाग धनकुटाका कर्मचारीहरुको उपस्थितिमा सडक निर्माण गर्ने कार्य सुरु भएको जनाइएको छ ।
बाढीले ग्रस्त बनाएको लेउती खोलाको सडक एकतर्फी यातयात सञ्चालन गर्न सडक निर्माण कार्य गरिहेको प्रहरीले जनाएको छ । भारी वर्षाको कारण सडक अवरुद्ध हुँदा शनिबार हुने शिक्षा सेवा आयोगको परिक्षा दिन आएका प्रशिक्षार्थिहरु प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा दुवै तर्फका यात्रुले सास्ती व्यहोर्नु परेको छ ।