Gorkha Sansar

भारतको KIIT विश्वविद्यालयमा फेरि एक नेपाली विद्यार्थी शंकास्पद मृत्यु अवस्थामा फेला

भुवनेश्वर, भारत — भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको प्रतिष्ठित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा अध्ययनरत एक नेपाली विद्यार्थी पुनः शंकास्पद अवस्थामा मृत फेला परेकी छिन्।

प्राप्त प्रारम्भिक जानकारीअनुसार मृत फेला परेकी युवती वीरगञ्ज घर भएकी हुन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेपनि, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूका अनुसार उनलाई होस्टेलको कोठामा मृत अवस्थामा फेला पारिएको हो।

घटनापछि कलेज प्रशासनले अन्य विद्यार्थीहरूलाई होस्टेलबाट बाहिर निस्किन रोक लगाएको छ भने अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइएको छ।

केही समयअघि सोही विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको पनि होस्टेलको कोठामै शंकास्पद मृत्यु भएको थियो। उक्त घटनाको वास्तविक कारणबारे अझै स्पष्ट खुलासा नभइसकेको अवस्थामा पुनः अर्को नेपाली विद्यार्थीको मृत्यु हुनु नेपाली विद्यार्थी तथा अभिभावकहरूबीच चिन्ताको विषय बनेको छ।

घटनाको अनुसन्धान भारतीय सुरक्षाकर्मी तथा विश्वविद्यालय प्रशासनको संयुक्त प्रयासमा अगाडि बढिरहेको बताइएको छ। नेपाली दूतावास र सम्बन्धित निकायहरूले घटनाप्रति चासो व्यक्त गर्दै आवश्यक पहल गरिरहेका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.