Gorkha Sansar

कार्यवाहक प्रधानमन्त्री सिंहको टोलीले आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग भेट गर्ने

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग भेट गर्ने भएको छ।

शुक्रबार दिउँसो ३ बजेका लागि सिंहको कार्यकक्षमा महासंघका पदाधिकारीलाई बोलाइएको छ। ‘हामीलाई सरकारको तर्फबाट बोलाइएको छ’, महासंघका एक पदाधिकारीले भने ।

बिहीबार पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । शुक्रबार हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ ।

तर सरकारले बोलाएको बैठकमा सहभागी नहुने संकेत महासंघका पदाधिकारीले दिएका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएर २० चैतदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

थप समाचार

  • विराटनगरमा शैक्षिक योग्यताबिपरीत नियुक्ति: विवाद बढ्दै

  • भ्रष्टाचारको आरोप: डोल्पाका प्राविधिक कार्यालयका प्रमुख र चार जनाविरुद्ध उजुरी

  • ५२ जाना  पदाधिकारीको नियुक्ति सदर

  • निजामती विधेयक पारितः२बर्ष कुलिङ समय

  • आजकाे माैसम

  • उर्लाबारीका एक हजार दुई सय ९७ जना महिला लाभान्वित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.