Gorkha Sansar

अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधी युनाईटेडले चुम्यो।

ओम बहादुर कुमाल/ साउदी अरेबिया

अलहासा फुटबल क्लबद्वारा आयोजित गोल्डकपमा युनाइटेडको सेती र हरियो गरि जम्मा १४ टिम सहभागी प्रतियोगितामा एउटै टिम युनाईटेड सेतो र हरियो फाईनलमा पुग्न सफल भएको हुदा उक्त टिमलाई प्रथम र द्वितीय घोषणा गरिएको आयोजकले बताएको छ।

उक्त प्रतियोगिताको बेस्ट डिफेन्डर विबेक थारु , बेस्ट मिडफिल्डर अर्जुन तामाङ ,बेस्ट किपर उज्ज्वल घिमिरे ,बेस्ट स्ट्राइकर समीर श्रेष्ठ ,धेरै गोल गर्ने (हाई स्कोर ) सनम देवान र एमभिपी दिलिप राईले जित्न सफल भएका छन्।

करिब दुई लाख ने रु उपाधी भएको प्रतियोगिताको प्रथम र द्वितीय उपाधी चुम्ने युनाइटेड फुटबल क्लब साउदीको फुटबल प्रतियोगिताको इतिहासमा एउटै रहेको अनुमान गरिएको छ। वैदेशिक रोजगारीमा कार्यरत नेपाली श्रमिकहरु पछिल्लो पटक यहाँ हुने प्रतियोगितामा व्यावसायिकरुपमा अनुबन्ध हुने गरेको छ। केही क्लबले प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने खेलाडीलाई आफ्नो क्लबमा केही पारिश्रमिक दिने गरि अनुबन्ध गर्ने गरेको युनाइटेडका प्रबन्धक ओम कुमालले जानकारी दिए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.