Gorkha Sansar

गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे पुन मुख्यमन्त्रीमा नियुक्त

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।
सोमवार सर्वोच्च अदातलतले नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
अधिकारीले ६०-सदस्यीय प्रदेशसभामा ३० जनाको मत पाउँदा उनले बहुमत पाएको घोषणा गरिएको थियो।
अहिलेको समीकरण हेर्दा पाण्डेलाई पनि प्रदेशसभामा विश्वासको मत पाउन सहज नहुने देखिन्छ। प्रदेशसभामा कांग्रेसका २७ सदस्य छन्।

BBC

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.