गोरखा सदरमुकाम स्थित एक बैंकको खातामा रहेको ग्राहकको रकम चोरी भएको छ । आफु बैंकको कर्मचारी भन्दै ग्राहकलाई फोन गरेर खाता नवीकरणका लागि खाता नम्बर चाहिने भनि झुक्याएर ग्राहकको खातामा भएको रकम ट्रान्र्सफर गरी चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो । झुक्याएर ह्याकरले एनएमबी बैंकबाट ग्राहकको खातामा रहेको एक लाख रुपैया भन्दाबढी रकम ह्याक गरेर अन्य बैंकको खातामा सारेको खुलेको उहाँले बताउनुभयो । ‘गोरखा नगरपालिका–६ पाटेचौर निवासी एक महिलालाई फोन गरेर ह्याकरले खाता पुरानो भएकाले नवीकरण गर्नुपर्छ भन्दै खाता नम्बर लिएको र पछि मोवाईलमा आएको ओटिपी कोड समेत मागेर ह्याकरले तत्कालै खाताको रकम चोरी गरेको पाइएको छ ।’ एसपी श्रेष्ठले भन्नुभयो । खाताबाट एकलाख ३ हजार ८८० रुपैया ह्याकरले अन्य बैैकको खातामा ट्रान्सफर गरेको पिडित महिलाको भनाई छ । ‘फोनबाट बैंकको कर्मचारी बोलेको हुँ तपाँईको खाता पुरानो भएछ नवीकरणका गनुपर्छ भन्दै पहिला खाता नम्बर माग्यो’ उहाँले भन्नुभयो ‘त्यसपछि मेरो मोबाइलमा आएको कोड पनि चाहियो भनेर माग्यो, दिँदा त खाताको रकम सबै झिकेछ ।’खाताबाट पैसा लिएको थाहा पाएलगत्तै पिडित महिलाले जिल्ला प्रहरी कार्यालय गोरखामा बैंक खाताबाट रकम चोरी भएको भन्दै उजुरी दिएको एसपी श्रेष्ठको भनाई छ । ह्याकरले खाता ह्याक गरी खातामा भएको रकम ३–४ वटा बैंकमा ट्रान्र्सफर गरेर अहिले ग्लोबल आईएमई बैंकमा पु¥याएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि अदालतको अनुमति लिए महिलालाई फोन गरिएको मोवाईल नम्बरको कल डिटेल लिई अनुसन्धान सुरु गरेको छ । यस अघि जिल्लाको अजिरकोट गाउँपालिका–३ लप्सीबोटका एक पुरुषको बैंक खातामा रहेको २६ हजार ९५० रुपैया पनि यसरी नै ह्याकर झुक्याएर चोरी गरेको थियो । बैंकबाटै भन्दै फोन गरेर खाता नम्बर मागेर पछि हिसाब मिलेन भन्दै मोवाइलमा आएको कोड पठाउन भनेपछि कोड पठाउदा रकम चोरी भएको ति व्यक्तिको भनाई छ । आफ्नो खाताको चोरी गरी रकम ज्योती विकास बैंकमा ट्रान्सफर भएको थाहा पाएपछि ति पुरुषले पनि प्रहरीलाई उजरी दिनुभएको थियो । यसरी नै खाता ह्याक गरेर रकम झिकिएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा अहिलेसम्म चार जनाको परिसकेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीले पनि सवैलाई आग्रह जिल्लामा केही दिन यता त्यस्ता यस्ता ठगीका घटना भईरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह पनि गरेको छ ।
थप समाचार
-
मर्जरपछि नयाँ कार्यदिशा सार्वजनिक गर्दै Khalti by IME ले पोखरामा एजेन्टसँग अन्तरक्रिया
Bijay KumalFebruary 14, 2026शनिबार, फागुन २ गते २०८२ मा Khalti by IME ले पोखराको शृजना चोकस्थित White House Party Palace मा “Agent अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको... -
पालुङटारमा अंग्रेजी बिषय समिति गठनः अध्यक्षमा भाइकृष्ण सुनार
गोर्खा संसारDecember 14, 2025मंसिर २८, गोरखा गाेरखाकाे पालुङटार नगरपालिकाले असल सिकाइ अभ्यास अादान प्रदान कार्यक्रमसंगै अाज एक कार्यक्रमका बीच भाइकृष्ण सुनारकाे अध्यक्षतामा ७ सदस्यीय अंग्रेजी बिषय काे बिषयगत ... -
रतौलीमा आयोजित सप्ताह ज्ञानमहायज्ञमा २२ लाख नाघ्याेः पर्सि समापन,भक्तजन निकै उत्साहित
गोर्खा संसारNovember 28, 2025तनहुँ १२ मंङ्गसिर व्यास नगरपालिका–१ रतौली स्थित जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको सातौं दिनसम्म २२ लाख ८७ हजार ४३८ रुपैयाँ दान संकलन भएको छ । मन्दिर... -
मिडभ्याली अन्तरविद्यालय बृहत विज्ञान प्रदर्शनीको आयोजना, ६७ विद्यालय सहभागी
गोर्खा संसारNovember 28, 2025भक्तपुर – मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२ को आयोजना गरेको छ। मध्यपुरठिमी स्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीम... -
लोकतन्त्र र सुशासन बिषयक तालिम नेपालगञ्जमा
गोर्खा संसारNovember 28, 2025नेपालगञ्ज बास नेपालको आयोजनामा नेपालगञ्जमा लोकतन्त्र र सुशासन बिषयक तालिम सम्पन्न गरिएको छ । बास नेपालले संस्थाका सक्रिय सदस्यहरुलाई लक्षित गरि हरेक महिना बिभिन्न तालिमहरु गर्दै आए... -
भारद्वाज गोत्रीय कडेल बन्धुहरूको कोशी प्रदेश स्तरीय भेला सम्पन्न : संयोजकमा तीर्थराज कडेल चयन
गोर्खा संसारOctober 26, 2025कार्तिक ८, झापा । भारद्वाज गोत्रीय कँडेल बन्धुहरूको भेलाले तीर्थराज कडेलको संयोजकत्वमा पाँच सदस्यीय कडेल बन्धुहरूको वंशावली खोज अनुसन्धान समिति गठन गरेको छ । शिव शताक्षी वडा नम्बर...
