Gorkha Sansar

वीपी प्रतिष्ठानमा विद्यार्थीबीच झगडा, शिशा प्रहार गरेपछि तीन तलाबाट खसेर एक गम्भीर

धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थीबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार छात्रावास विद्यार्थीबीच झगडा भएको थियो । त्यसक्रममा एकजना तीन तलाबाट खसेर गम्भीर घाइते भएका छन् । डिएसपी नवराज मल्लका अनुसार सिन्धुलीका २२ बर्षीय विद्यार्थीले अर्का एक विद्यार्थीलाई शिशाले प्रहार गरेका थिए । त्यसपछि शिशा प्रहार गर्ने ती विद्यार्थी तीन तला माथिबाट आफै खसेर गम्भीर घाइते भएको पनि डिएसपी मल्लले बताए । ‘शिशाले प्रहार गरेर अर्को विद्यार्थीलाई घाइते बनाएको र तीन तलामा गएर आफै खसेर गम्भीर छन् । उनको आइसियुमा उपचार भइरहेको छ,’डिएसपी मल्लले भने ।

प्रहरीका अनुसार शिशाको टुक्राले प्रहार गर्दा गोरखा घर भएका विद्यार्थी घाइते भएका छन् । उनको ढाड र अनुहारमा चोट भएपनि खतरामुक्त छन् । घटनास्थलबाट रगत लागेको शिशाको टुक्रा पनि भेटिएको प्रहरीले जनाएको छ । दुवै एमबिबिएस दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन्, र दुवै साथी भएको पनि खुलेको छ । घटना र कारणबारे अनुसन्धान भइरहेको पनि ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

थप समाचार

  • काठमाडौँमा निजामती कर्मचारी समायोजन विधेयकको विवाद: समितिको प्रतिवेदनमा त्रुटि र नहुँदा भएका समस्या

  • विराटनगरमा शैक्षिक योग्यताबिपरीत नियुक्ति: विवाद बढ्दै

  • ५२ जाना  पदाधिकारीको नियुक्ति सदर

  • निजामती विधेयक पारितः२बर्ष कुलिङ समय

  • आजकाे माैसम

  • उर्लाबारीका एक हजार दुई सय ९७ जना महिला लाभान्वित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.