Gorkha Sansar

नेत्र ज्योति गुमाएका परियारको उपचारका लागि पन्तको सहयोग

मधुमेह र सुगरका कारण दुवै आँखाको ज्योति गुमाएका गोरखा च्याङ्लीका बिष्णु प्रियालाई प्रकाश पन्तको सहयोगमा करिब ६ महिना पुग्ने खाद्यान्न प्रदान गरिएको छ ।

बिगत लामो समयदेखि अष्ट्रेलिया बस्दै आउनुभएका पन्तले परियार को आँखाको ज्योति गुमाएर उपचार गराउदै गरेको समाचार सञ्चारमाध्यम मार्फत थाहा पाएपछि सहयोगको लागि रकम‌ पठाउनु भएको हो । उहाँको सहयोगको लागि प्राप्त रकमबाट परियारलो लागि करिब ६/७ महिना लाई पुग्ने गरि चामल ७ बोरा, तोरिको तेल एक प्याक, नुन १० पोका, दाल १८ किलो, साबुन ( कपडा धुने) ११ पिस लगायतका सामाग्री खरिद गरी प्रदान गरिएको राजु अधिकारीले जानकारी दिनुभयो। सो सामग्रीहरु आज निज परियारकै घरमा पुगेर हस्तान्तरण गरिएको अधिकारीले बताउनुभयो।

परियारको आँखाको ज्योति गुमेपछि उपचारका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाहरु को सहयोगमा एउटा आँखाको सल्यक्रिया भईसकेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.