गोरखाको चुमनुब्रीमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ जगतमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मंगलबार संयुक्त रुपमा नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन गरेका हुन् ।

गाउँपालिकाको ११ लाख रुपैयाँ लागत, स्थानीयहरुको श्रमदान सहित सबै गरेर १३ लाखको लागतमा प्रहरी चौकी जगतको भवन निर्माण भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । उनका अनुसार प्रहरी चौकी जगतले यसअघि भाडाको घरमा रहेर आफनो कार्य सम्पादन गर्दै आएको थियो ।

प्रहरीको आफनै भवन नहुँदा चिसो ठाउँमा कहिले पालमुनि समेत बस्नुपरेको थियो । हाल प्रहरी चौकी भवन सम्पन्न भइसकेको तर शौचालय भने निर्माण गर्न बाँकी रहेको उनले बताए । दुरदराजमा चौकीको नयाँ भवन बनेसँगै प्रहरीलाई नयाँ उर्जा र उमंगका साथ काम गर्न सजिलो हुने उनले बताए । नयाँ भवनमा बसेर काम गर्दा प्रहरीको मनोबल र आत्माबल पनि उच्च हुने र काम कारबाहीमा प्रभावकारी हुने उनले जानकारी दिए ।

यस अघिको भवन जीर्ण रहेको र काम गर्न पनि समस्या भएको बताउदै नयाँ भवन बनेसँगै प्रहरी र जनताको शान्ति सुरक्षा गर्न धेरै सहज भएको पालिका अध्यक्ष निमा लामाले बताए । योसँगै पालिकाको नामरुङ र जगत प्रहरीको आफनौ भवन भएका छन् ।

अव पालिकाको फिलिम, छेकम्पार र सामागाउँमा प्रहरी चौकीको भवन बनाउन बाँकी रहेको उनले बताए । यसका लागि जग्गा व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसका लागि जग्गाको खोजी भइरहेको उनले बताए । त्यस्तै, विहि र चुम्चेत पनि प्रहरी चौकी निर्माणका लागि पालिकाले पहल गरिरहेको उनले बताए ।

पालिकाका अध्यक्ष लामाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एसपी केदार खनाल, इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरिक्षक रामजी देवकोटालगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.