नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु

२७ असोज, गोरखा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । बिहीवार एक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रतियोगीतामा ११ टिमका ६६ जना सहभागी छन् ।

‘सात वटा प्रदेशबाट सात टिम र गैर आवासिय नेपालीहरुको चार टिम गरी कुल ११ टिम सहभागी छन्,’ प्रतियोगीताका प्रमुख निर्णायक यासिर खम्वुले भने, ‘हरेक टिमबाट तीन महिला र तीन पुरुष गरी ६ जना सहभागी छन् ।’ महिला, पुरुष र खुल्लाको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने उनले बताए ।

उनका अनुसार आज (बिहीवार) महिला र पुरुष तर्फको क्लासिकल खेलहरु हुने छन् । ‘क्लासिकल, र्‍यापिड र ब्लिच गरी तिन चरणका खेलहरु हुन्छन्, क्लासिकल ९० मिनेटको, र्‍यापिड १५ र ब्लिच ३ मिनेटको हुन्छ,’ खम्वुले भने । प्रतियोगीता कात्तिक २ गतेसम्म चल्ने बताइएको छ ।

गोरखा नगरपालिका प्रमुख कृष्ण रानाको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापाको प्रमुख अतिथ्यतामा प्रतियोगीताको उद्‌घाटन गरिएको हो । उद्घाटन भएपनि खेल भने तीन बजेबाट सुरु हुने बताइएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.