Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
गाेरखा अस्पताललाइ हव अस्पतालका रुपमा विकास गरिने

गाेरखा अस्पताललाइ हव अस्पतालका रुपमा विकास गरिने

गाेरखा ।  गाेरखा अस्पताललाइ हव अस्पतालका रुपमा विकास गरिने भएकाे छ । आज जिल्ला अस्पताल परिसरमा भएकाे कार्यक्रममा निक सिमाेन्स इन्स्टिच्यूटका फाउण्डर मेरेेलिन सिमाेन्स र जिग सिमाेन्स सहितकाे आतिथ्यतामा भएकाे कार्यक्रममा साे कुरा बताइएकाे हाे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव राेशन पाेखरेलले गाेरखा लगायत देशैभरीका पाँचवटा अस्पताललाइ हव अस्पतालका रुपमा विकास गर्न सरकारले दुइ वर्ष अघि नै निर्णय गरेकाे बताए । यतिबेला गाेरखा अस्पताललाइ निक सिमाेन्स इन्स्टिच्यूटले सहयाेग गरिरहेकाे छ । याे सहयाेग सन् २०२६ सम्म कायम रहनेछ । पछिका लागि फेरी अर्काे सम्झाैता गरिनेछ । गाेरखा अस्पतालका लागि चाहिने पावर व्याकअपका लागि साेलार दिन मन्त्रायलय तयार छ । यहाँ सेवा गर्ने डाक्टरहरुलाइ थप सुविधा दिने कुरा मन्त्रालयमा निर्णय भएर कार्यान्वयनमा आइसकेकाे उनले बताए ।

इन्स्टिच्यूटका फाउण्डर मेरेलिनले गाेरखा लगायत देशका ४० जिल्लामा सहयाेग गरिरहेकाे बताउँदै आगामि दिनमा गाेरखाका लागि थप सहयाेग पुर्याउने बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा‍.हरी कुमार श्रेष्ठका अनुसार हाल अस्पतालमा क्लिनिकल अफिसर १२, मेडिकल अफिसर ६ , विशेषज्ञ ३ जना सहित १३० जना कर्मचारी रहेका छन् । पछिल्लाे तिन महिनामा अस्पतालबाट २५ हजार ९३ जनाले सेवा लिएका छन् । जसमा २१२३४ जना ओपिडी, २५२२ जना आकस्मिक र १३३७ जना इन्डाेरका विरामी रहेका छन् ।

अस्पतालमा हेमाेडायलाइसिस, एक्सटेन्ड्ण्ट हेल्थ सर्भिस, थाइर्वाइडका विरामीहरुकाे लागि उपचार पद्धती रहेकाे छ । इण्डाेस्काेपी, इसिजी, ल्याप्राेस्काेपी, आइसियु, एनआइसियु लगायतका सुविधाहरु थप गर्नु पर्ने आवश्यकता रहेकाे उनले बताए ।

कार्यक्रममा गाेरखा जिल्ला समन्वय समिति प्रमुख माेहन थापा, इन्स्टिच्युटका निर्देशक अर्चना अमात्य, गाेरखा नगरपालिका प्रमुख कृष्ण राना मगर, मन्त्रालयका अतिरिक्त सचिव डा. गुणराज लाेहनी, अस्पताल व्यवस्थापन समिति अध्यक्ष लाल प्रसाद श्रेष्ठले अस्पतालमा सेवा अझै वृद्धि गर्नुपर्ने बताएका थिए । व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले इन्स्टिच्युटका फाउण्डर समक्ष गाेरखा अस्पतालमा काम गर्ने गरी दुइ जना दलित महिलालाइ डाक्टर पढाउने कार्यमा सहयाेग गरिदिन प्रस्ताव गरेका थिए । कार्यक्रममा अस्पतालका कर्मचारीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले सञ्चलान गरेका थिए ।

हव अस्पतालमा मेजर पाँच प्रकारका सबै सुविधा उपल्ब्ध हुने स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अतिरिक्त सचिव डा.गुणराज लाेहनीले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.