सिद्ध अकला बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लि काे १८ अाैं बार्षिक साधारणसभा सम्पन्न

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ८ मा रहेकाे श्री सिद्ध अकला बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लि काे १८ अाैं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
पालुङटार नगरपालिकाका नगर प्रमुख बिबश चिन्तनले प्रमुख अतिथिकाे रूपमा बाेल्दै सहकारीले बेराजगारी समस्या समाधानसंग जाेडदै याेजना ल्याएमा सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।
संस्थाका अध्यक्ष अमृत काराखेतीकाे अध्यक्षतामा सम्पन्न भएकाे साधणसभामा सहकारी संघ गाेरखाका दुर्गा देवकाेटाले बिशेष अतिथिको रूपमा बाेल्दै सहकारीका याेजनाहरूका बारेमा जानकारी सहित मन्तब्य राख्नुभएको थियाे । त्यस्तै गरी साधारणसभामा पालुङटार नगरपालिका वडा नं ८ का वडाध्यक्ष हाेप बहादुर नेपाली, संस्थाका संस्थापक तिलक अधिकारी लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
अध्यक्ष काराखेतीले अागामी बर्षकाे कार्ययाेजना प्रस्तुत गर्नुभएको थियाे ।
संस्थाका उपाध्यक्ष ईच्छाकाजी श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियाे । संस्थाका काेषाध्यक्ष भुवन बहादुर खडकाले अाय व्यय बिबरण प्रस्तुत गर्नुभएको थियाे । सचिव निर्मलजंग भण्डारीले सञ्चालन गर्नुभएकाे थियाे । साेही अबसरमा तीज गीत प्रतियोगिता तथा लाखे नाच प्रस्तुत गरिएकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.