बिद्यालय मर्जपछि २ जना करार शिक्षककाे जागिर गएकाेप्रति नेपाल शिक्षक संघकाे ध्यानाकर्षण

गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिकामा विद्यालय मर्ज भएपछि २ जना करार शिक्षककाे जागिर गएकाेप्रति नेपाल शिक्षक संघकाे ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

शिक्षक संघले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै नगरपालिकाकाे वडा नं. १ स्थित त्रिभुवन अाधारभूत विद्यालयमा बिद्यार्थी संख्या नभएका कारण मर्ज भएकाे र त्यहाँ कार्यरत २ जना शिक्षकहरूकाे करार म्याद थप नगरेका कारण मारमा परेकाे बताएकाे छ । विद्यालय व्यवस्थापन समितिकाे अदुरदर्शी निर्णयका कारण यस्ताे अवस्था अाएकाे पत्रमा उल्लेख गरिएकाे छ ।

पत्रमा नगरपालिकाकाे इतिहासमा विगत ५ वर्षसम्ममा यस्ताे निर्णय नभएकाे तर हाल नवनिर्मित शिक्षा समितिले यस्ताे निर्णय गरेकाेमा समयसापेक्ष मानवीय संवेदना प्रति ख्याल गर्दै निर्णयमा पुग्न र शैक्षिक बिज्ञ समूह बनाएर अघि बढन समेत सुझाव दिइएकाे छ ।

ध्यानाकर्षण पत्र

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.