पालुङटारमा २८अाैं अादिवासी जनजाती दिवस सम्पन्न

“विश्वका आदिवासी जनजाती एक हाऔं” “आफ्नो भाषा, भेषभुषा, लिपि, कला र संस्कृतिको संरक्षण र सम्बर्धन गरौं” भन्ने मुल नाराका साथ पालुङटारमा २८ औं विश्व आदिवासी जनजाती दिवस २०७९ तथा विविध साँस्कृतिक कार्यक्रम विविध साँस्कृतिक कार्यक्रम गर्दै सम्पन्न भएको छ ।


प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजि श्रेष्ठ रहनु भएको कार्यक्रम पलुङटार नगरपलिका वडा नम्बर ५ ठाँटिपोखरी, समि चौतारामा भएको थियो । प्रमुख अतिथी रहनु भएका नेता श्रेष्ठले कार्यक्रममा बोल्दै विश्व आदिवासी जनजाती दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भयो । उहाँले आदिवासी जनजातीहरुले आफ्नो समावेशि करणको हकलाई समानुपातिक समावेशिकरणको बिन्दु सम्म पुर्‍याउन आफ्नो भाषिक, संस्कृतिक पहिचानलाई अझ बढी सुदृढीत रुपमा स्थापित गर्न र राज्यको रोजगारी र सेवाहरुमा त्यहि प्रकारका हक अधिकारलाई स्थापित गर्न अझै पनि संघर्ष गर्नु पर्ने बताउनु भयो ।


त्यस्तै कार्यक्रमको विशेष अतिथी पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तले कार्यक्रमलाई सम्बोधन गर्दै विश्व आदिवासी जनजाती दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भयो । त्यस्तै कार्यक्रममा बोल्दै उहाँले पालुङटार नगरपालिका आदिवासी जनजातीहरुका निम्ती आयआर्जन सँग जोड्ने, बेरोजगारी न्युनिकरण र जनजातीका मुक्तीका निम्ती काम गर्ने बताउनु भयो । पालुङटार नगरपालिका सम्पुणर् जातजातीको भाषा, धर्म र क्षेत्रको रक्षा, विकास र संरक्षको निम्ती आवस्यक भुमिका निर्वाह गर्न तत्पर रहेको पनि बताउनु भएको छ ।
त्यस्तै कार्यक्रमको विशेष अतिथीको रुपमा नेपाल आदिवासी जनजाती महासंघ गोरखा जिल्ला संवनवय परिषदका महासचिव दिनेश तमु, पालुङटार नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत गौतम भण्डारी रहनु भएको थियो ।


त्यस्तै कार्यक्रमको अतिथीहरुमा नेकपा एमालेका नगर कमिटीका अध्यक्ष वसन्त कुमार श्रेष्ठ, नेपाली काँग्रसका नगर सभापति विमल ढकाल, माओवादी केन्द्रका केन्द्रिय सदस्य खोप बहादुर कंडेल, एकिकृत समाजवादी केन्द्रका केन्द्रिय सदस्य जृद्ध विलास भण्डारी र अन्य राजनितिक दलका प्रतिनिधीहरु रहनु भएको थियो । त्यस्तै अन्य अतिथीहरुमा निवाचित जनप्रतिनिधीहरु आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष सिद्धी पाटा मगर साथै स्थानिय संघ संस्थाका प्रमुख तथा प्रथिनिधीहरु रहनु भएको थियो ।

त्यस्तै कार्यक्रको सभापति नेपाल आदिवासी जनजाती महासंघ पालुङटार संवनवय परिषदका अध्यक्ष निर्मला मल्लले गर्नु भएको थियो भने कार्यक्रमको उद्दघोषण प्रेम गुरुङले गर्नु भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान पत्र पनि वितरण गर्न भएको थियो ।
कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै झाँकी तथा लाखे नाच पनि देखाईएको थियो ।

Source: Sunaulopatrika

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.