असार १२, गाेरखा
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय गोरखा र जिल्ला प्रहरी कार्यालय गाेरखाकाे आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएकाे छ ।
लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध को अन्तराष्ट्रिय दिवशको अवसरमा गृह मन्त्रालयको घोषित ७ दिने कार्यक्रमको अन्तिम दिन उक्त प्रभातफेरी गरिएकाे हाे । कार्यक्रमकाे प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य रहनुभएकाे थियाे । प्रभातफेरी कार्यक्रम जिल्ला प्रशासन कार्यालय गोरखाको प्राङ्गणबाट शुरु भएको थियाे ।
जि.वि.स. चोक, शक्ति चोक, बसपार्क हुँदै बजार परिक्रमा गरी पुन: जिल्ला प्रशासन कार्यालय गोरखामा आई समापन भएको उक्त कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सम्बोधन गर्नु भएको थियो । त्यस्तै गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनाल, सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष सुशिलबाबु श्रेष्ठ, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श लगायत अन्य संघ संस्थाका प्रतिनिधीहरु सहितको उपस्थितीमा “बनाऔ लागू औषध मुक्त गाउँ शहर, मिलेर संघ, प्रदेश अनि स्थानीय सरकार, स्वच्छ विचार लागू औषध गरौ बहिष्कार”, “सुखी नेपाली समृद्ध नेपालको सपना, लागू औषध मुक्त समाजको परिकल्पना” लेखिएका प्ले कार्ड र ब्यानर सहित प्रभातफेरी सम्पन्न गरिएकाे थियाे ।
+31
Toop Thapa, Keshav Gurung and 58 others
2 comments
1 share
Like
Comment
Facebook Comments Box