संगीत रोयल्टी संकलन समाज नेपालको “१६ औं स्थापना दिवसको अवसरमा श्रष्टा सम्मान एबं रोयल्टी बितरण कार्यक्रम – २०७९” भब्य रुपले सम्पन्न

जेठ २५ गतेका दिन संगीत रोयल्टी संकलन समाज नेपालको “१६ औं स्थापना दिवसको अवसरमा श्रष्टा सम्मान एबं रोयल्टी बितरण कार्यक्रम – २०७९ राजधानीमा भब्य रुपले सम्पन्न भएको छ ।

उक्त अवसरमा संस्था स्थापना गर्न महत्वपूर्ण योगदान गर्नु भएका व्यक्तित्वहरु तथा अग्रज संस्थापक सदस्यहरुलाई सम्मान गर्नुका साथै हाल: यातायात, एफ. एम / रेडियो, टेलिभिजन, होटल तथा रेष्टुरेण्ट, सभाहल, मेला, महोत्सव, कन्सट तथा रियालिटी शोबाट प्राप्त भएको रकम मुल श्रष्टाहरुलाई वितरण गरिएको हो ।

सार्वजनिक यातायातले वार्षिक रुपमा २६-५६ सिट भएको बसले २०००रुपैयाँ, १५-२५ सिट भएको मिनि बसले १४०० रुपैयाँ, १४ सिट भएको जिप / भ्यान / पिक अप / माइक्रोबसले १००० रुपैयाँ, ४-१३ सिट भएको टेम्पुले ८०० रुपैयाँ, ट्रक तथा ट्यांकरले १२०० रुपैयाँ, मिनि ट्रकले १००० रुपैयाँ, मिनि पिक अपले ९०० रुपैयाँ संगीत रोयल्टी संकलन समाजलाई बुझाउनु पर्ने मापदण्ड रहेको छ । यसरी संगीत रोयल्टी संकलन समाज नेपालले लागू गरेको मापदण्ड बमोजिमको संगीत रोयल्टी MRCSN लाई नबुझाई सार्वजनिक यातायतहरुको नामसारी, दर्ता, नबिकरण, प्रदुषण जाचपास तथा बाटो ईजाजत जस्ता बिषयहरुको स्वीकृति दिन नहुने कुरा यातायात कार्यबिधी तथा निर्देशिकाहरुमै प्रस्ट ब्यबस्था छ। तर केही यातायात ब्यबस्था तथा सेवा कार्यालयका प्रमुखहरुले यस बिषयलाइ वास्तै नगरी यस्तो स्वीकृति दिदै आइरहेकोमा श्रस्टाहरुको ठूलो गुनासो पनि सुनिदै आएको छ ।

यस कार्यक्रममा सोही संस्थाका अध्यक्ष सुरेश चन्द्र अधिकारीको सभापतित्व रहेको थियो भने माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रमको सञ्चालन संस्थाका महासचिव बद्री पाण्डेले गरेका थिए । कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य, एबम संघीय सांसद माननीय बिधा भट्टराई, प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य सुरेश आचार्य, प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार बिष्णु कुमारी भण्डारी, यातायात ब्यवस्था कार्यालय, साना ठुला सवारी एकान्तकुनाका प्रमुख मदन पोखरेल, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष निर्मलराज ढकाल, संगीत रोयल्टी संकलन समाज नेपालको संस्थापक अध्यक्ष यादब खरेल, प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमाल, साेही संस्थाका पुर्व अध्यक्षहरु श्री पुरुष ढकाल, महेश खड्का लगायत अन्य रहेका थिए भने कार्यक्रममा थुप्रै अग्रज श्रष्टा र पछिल्लो समयका चर्चित श्रष्टा एबम अनुज श्रष्टाहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्र शर्माले स्वागत मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले यस कार्यको उच्च सम्मान गर्दै आगामी दिनमा यस अभियानमा आफुले पनि सक्दो सहयोग गर्ने र रोयल्टी बितरण कार्यमा नेपाल सरकारबाट पनि बिशेष पहल गर्ने र आगामी दिनमा यस अभियानलाई आधुनिकरण गर्ने कुरामा प्रतिबद्धता जनाएका छन् ।

गीत संगीतको सार्वजनिक रुपमा प्रयोग भए बापत सम्बन्धित प्रयोगकर्ताहरुसँग रोयल्टी संकलन गरी कानुनले तोके बमोजिमको हकदारहरुलाई वितरण गर्ने उद्देश्यले प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ३९ बमोजिम गठित एवं सोही ऐन अन्तर्गत बनेको प्रतिलिपि अधिकार नियमावली, २०६१ को नियम १० बमोजिमका कार्य गर्न नेपाल सरकारबाट मान्यता प्राप्त गीतकार तथा संगीतकारहरुको एक मात्र आधिकारिक संस्था “संगीत रोयल्टी संकलन समाज नेपाल” हो।

सोही अवसरमा रोयल्टी संकलन गर्ने तथा बितरण गर्ने अभियानमा हातेमालो गर्ने ब्यक्तित्वहरु दिनेश कुमार थपलिया, श्रीपुरुष ढकाल, यादव खरेल,  डा. भोजराज घिमिरे, चन्द्र कुमार घिमिरे, एसपी कोइराला, दिनेश अधिकारी,  विसु कुमार के.सी, रुपनारायण भट्टराई, भरत मणि सुवेदी, राम प्रसाद भट्टराई, कुमार वस्नेत,  सन्तोष शर्मा, चुडामणि देवकोटा, महेश खड्का, लक्ष्मण शेष, स्व. रविन्द्र अधिकारी (उनकी धर्मपत्नी माननीय बिधा भट्टराई) लाई बिशेष सम्मान तथा अभिनन्दन गरिएको थियो ।

स्व. रत्न शमशेर थापा, रमण घिमिरे, शक्ति बल्लभ श्रेष्ठ, कालिप्रसाद रिजाल, मिरा राणा, गणेश रसिक, यादव खरेल, हिरण्य भोजपुरे, गीता त्रिपाठी, स्व. मदन दिप विम, श्रीपुरुष ढकाल, शुशिल विश्वकर्मा, चन्द्रकला शाह, निरञ्जन महर्जन, धनेन्द्र विमल क्षेत्री, नवराज लम्साल, मदन सिंह नेपाली, डा. बमबहादुर थापा, भुपेन्द्र रायमाझी, कमल परियार, भरत बमजन, स्व युक्त बहादुर गुरु, स्व. डा. राममान तृषित किरण खरेल, राजू सिंह कृष्ण अविरल, डा. कृष्णहरि बराल, भानुभक्त ढकाल, न्ह्यू बज्राचार्य, आलोक श्री (सूर्य कुमार खाती), शुभबहादुर सुनाम, शिलबहादुर मोक्तान, दीप श्रेष्ठ, उन्नती बोहरा (शिला), नगेन्द्र थापा, डा. विमल कोइराला, एस. पी. कोइराला, रमेश पौडेल, राम अविरल, दामोदर बास्कोटा, किरण कडेल, स्व भैरवनाथ रिमाल, दीपक जंगम, राजेन्द्र थापा, मनराजा नकर्मी, नविन दाहाल, धुवेश चन्द्र रेग्मी, सुरेश अधिकारी, विश्व बल्लभ, ललिजन रावल, प्रमोद उपाध्याय, नारायण ओली, नारायण रायमाझी, राजु अग्रवाल, आइसिङ्ग लामा, अमुल कार्की ढली, रत्न बेहोसी, बालमुकुन्द बनेपाली, सागर गौतम, वसन्त मुकारुङ, केशव पौडेल, इश्वर खत्री, स्व. विजय सिंह मुनाल, स्व. इश्वर बल्लभ, स्व. शम्भु कुमार मिलान, पुरुषाेत्तम सापकोटा, आभाष, राजेन्द्र सलभ, श्याम नेपाली, रामेश श्रेष्ठ, नन्दकृष्ण जोशी आदिलाई संस्थापक सदस्यहरुको रुपमा सम्मान गरिएको थियो ।

सो कार्यक्रममा १,०१,७२,२८१ . ७१ ( १ करोड १ लाख ७२ हजार २ सय ८१ रुपैयाँ ७१ पैसा) रोयल्टी बितरण गरिएको थियो । हाल: रोयल्टी प्राप्त गर्ने सदस्य संख्या १६७१ जना रहेका छन् । न्युनतम १ हजार ३ सय ४७ देखि २ लाख १६ हजार ९ सय ८२ रुपैया ८३ पैसा सम्म बितरण गरिएको थियो । साथै स्थापना दिवसको अवसरमा श्रष्टाहरुको हकहितका लागि ५,०८,६१४.४८ (५ लाख ८ हजार ६ सय १४ रुपैया ४८ पैसा) को संगीत रोयल्टी अक्षय कोषको पनि स्थापना गरिएको कुरा संस्थाका महासचिव बद्री पाण्डेले जानकारी गराएका छन् ।

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.