धुवांकाेटबाट महिलाहरू घुम्न गएकाे बस दाउन्नेमा दुर्घटना

गोरखा ।

गोरखाको पालुङटार नगरपालिका वडा नं. ९ धुवाकोटबाट आमा समूहका मानिसहरुलाई लिएर घुम्न गएको बस दुर्घटनामा परेको छ । शनिबार दिउसो बुटवलबाट गोरखा तर्फ आउदै गरेको ग. १ ख ५८९२ नम्बरको बस बर्दघाट नगरपालिका ४ को दाउन्ने उकालोमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय दाउन्नेले जानकारी दिएको हो ।दुर्घटनामा परी बसमा सवार सबै घाईते भएका छन् । दुर्घटनामा परेकाहरुका उद्वार कार्य जारी रहेको र उद्वार गरिएका सबैलाई बर्दघाट स्थित रहेको चिसापानी सामुदायिक अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।दुर्घटनाम कोही पनि हताहती नभएता पनि के कती जनालाई कस्तो चोट लागेको हो भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।बस सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.