बन्दिपुर गापाका ११ जनाले अपांगता परिचयपत्र पाए , ग वर्गकालाई मासिक ५ सय भत्ता दिईने
तनहुँकाे बन्दिपुर गापाले ११ जना अपांगता भएका ब्यक्तिलाई अपांगता परिचय पत्र प्रदान गरेकाे छ । पालिकाकी उपाध्यक्ष एवं अपांगता समन्वय समितिकी संयाेजक करुणा गुरुङको अध्यक्षतामा बसेकाे बैठकले अति अशक्त क वर्गकाे राताे परिचयपत्र १ जनलाई, अशक्त ख वर्गकाे निलाे परिचयपत्र ८ जनालाई, र सामान्य अशक्त ग वर्गकाे पहेंलाे परिचयपत्र २ जनालाई गरि ११ जनालाई अपंगता भएकालाई गापाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ले अपांगता परिचयपत्र वितरण गर्नु भएकाे बन्दिपुर गाउँपालिका सामाजिक बिकास शाखाकी प्रमुख कविता पाैडेलले जानकारी दिनुभयाे ।
कार्यक्रममा गापाकी उपाध्यक्ष गुरुङले अपांगता भएकालाई विशेष गरि आफ्नाे घरपरिवारले राम्राे हेरचाह गर्नु पर्ने भन्दै ग वर्गका अपांगता ब्यक्तिहरुलाई पनि पालिकाले मासिक ५ सयका दरले वार्षिक ६ हजार एकमुष्ठ उपलब्ध गराउने निर्णय भैसकेकाे जानकारी दिनुभयाे । साे अवशरमा अपांगता समन्वय समितिका सदस्यहरु वडा नं १ का वडा सदस्य अमृत शाही, वडा नं ५ कि सदस्य लक्ष्मी गुरुङ , बन्दिपुर अस्पतालकि डाक्टर अनुपमा भट्टराई , अपांगता सराेकार समिति बन्दिपुरका अध्यक्ष कृष्ण बहादुर थापा, ईलाका प्रहरी कार्यालय बन्दिपुरका प्रमुख प्रहरी निरीक्षक बिकास अधिकारी, भाेला भट्टराई र मिनाकुमारी बानियाकाे सहभागिता रहेकाे थियाे ।
बन्दिपुर गापाका ११ जनाले अपांगता परिचयपत्र पाए , ग वर्गकालाई मासिक ५ सय भत्ता दिईने
Facebook Comments Box