साढे ३ करोड लगानीमा सञ्चालन गरिएकाे चितवनकाे डल्फिन फनपार्क

भरतपुर, २७ माघ ।

भरतपुर महानगर–९ मा रहेको डल्फिन फनपार्क एण्ड रिसोर्टले क्षमता विस्तार गरेको छ । चितवनकै पहिलो फनपार्क पुजा फनपार्कलाई परिवर्तन गरेर केही सेवा थप गरिएको छ । २०७३ सालमा खुलेको पुजा फनपार्कलाई २०७७ मंसीरदेखि डल्फिन फनपार्क एण्ड रिसोर्टका रुपमा चलाइएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनकै बेला डल्फिन फनपार्कको सेवा विस्तार थालिएको हो ।

फनपार्क एण्ड रिसोर्टका प्रोपाइटर सन्तलाल गुरुङले साढे ३ करोड लगानी गरिएको बताउनुभयो । “अहिले केही नयाँ पूर्वाधारहरु थपेका छौँ, स्वरुपनै बदलिएको छ”, उहाँले भन्नुभयो, “आकर्षक गन्तव्य बनाउने प्रयास गरेका छौँ ।” उहाँका अनुसार खेलमैदानदेखि उत्सव मनाउने ठाउँका रुपमा विकास गरिएको छ । रेल, हेलिकोप्टर, रोटे पीङ, चिप्लेटी, झुला लगायतका खेलहरु बालबालिकाले खेल्न पाउनेछन् । चराचुरुङ, जनावरहरु हेर्नका लागि मिनि जु पनि राखिएको छ । फोटो तथा भिडियो खिच्नका लागि आकर्षक ठाउँहरु बनाइएको छ । डल्फिन टनेल, टिकटक जोन, परि फुलाई, फोटो जोन, ग्रीन जोनहरु बनाइएको छ ।

dolphin4 (1).jpg

शान्त वातावरणमा बस्न चाहनेका लागि कंक्रिट कुर्चिहरु राखिएका छन् । बालबालिका, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै स्वीमिङ पुलहरु छन् । कार्यक्रम, गोष्ठी, सेमिनार तथा तालिम गर्न मिल्ने २ सय जना क्षमताको सुविधासम्पन्न सेमिनार हल छ । बैवाहिक कार्यक्रमका लागि विवाहमण्डप पनि बनाइएको छ । खाजा, खानाका लागि २ वटा रेष्टुरेण्टहरु छन् । जहाँ पचास–पचास जना एकैसाथ बस्न मिल्नेछ ।

dolphin3 (1).jpg

कोरोनाको बढ्दो संक्रमण रोकथाम गर्न बढी भीडभाड हुने क्षेत्रका रुपमा फनर्पाक लगायतका केही सेवा तथा व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । प्रोपाइटर गुरुङले फागुनदेखि सञ्चालनको अनुमति दिएमा सबै सेवा सुचारु गरिने बताउनुभयो । भरतपुरको हाकिचोकदेखि करिब ५ सय मिटर क्यान्सर जाने सडक छेउमै रहेको छ । अहिले फनपार्क तथा रिसोर्टमा सरसफाई, मर्मतसम्भार तथा सजावटका काम भैरहेका छन् । फनपार्कभित्रको रिसोर्ट वैवाहिक कार्यक्रमका लागि बुकिङ हुदै आएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.