पाैष ११ तनहुँ ।
तनहुँस्थित अाँबुखैरेनी वडा नं. १ मा रहेकाे मित्रता मा.वि.का एस.एल.सी.ब्याच २०५५/५६ द्वारा गुरूहरूलाइ सम्मान तथा बनभाेज कार्यक्रम सम्पन्न गरेका छन् ।
अाफ्ना गुरूहरूलाइ सम्मान तथा लामाे समयदेखि बिभिन्न ठाउँहरूमा छरिएर बसेका साथीहरूसँगकाे भेटघाट गर्ने उदेश्यले कार्यक्रमकाे अायाेजना गरिएकाे ज्ञानेन्द्र अर्यालले बताउनुभयाे ।
अकला मन्दिर परिसरमा पाैष १० गते शनिबारका दिन अायाेजना गरिएकाे बनभाेज कार्यक्रममा एस.एल.सी.ब्याच २०५५/५६ का अधिकाँश बिद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे । साेही अवसरमा अाफूहरूलाइ अध्यापन गराउनुभएका शिक्षकद्वय ध्रुवराज अधिकारी र ध्रुव सेडाइलाइ सम्मान समेत गरिएकाे थियाे ।
यसरी बिद्यार्थीहरूले सम्झेर सम्मान गरेकाेमा अाफूहरू निकै खुशी भएकाे र बास्तवमै शिक्षक हुनुकाे गर्व महसूस भएकाे शिक्षकहरूले बताउनुभयाे ।