वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेड र अनलाइन पत्रकार संघ गण्डकीले सहकार्य गर्ने

वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेड र अनलाइन पत्रकार संघ गण्डकीले सहकार्य गर्ने भएको छ । उनीहरुबीच निशुल्क इन्टरनेट जडान सम्झौता भएको हो । सोमबार सम्झौता पत्रमा वल्र्डलिंकको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीय बजार अधिकृत हेम गुरुङ र अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको तर्फबाट अध्यक्ष कमल सुवेदीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा अनलाइन पत्रकार संघ गण्डकी मार्फत आएका अनलाइन पोर्टलहरुलाई वल्र्डलिंकले इन्टरनेट जडान सुविधा निशुल्क रुपमा उपलब्ध गराउने उल्लेख गरिएको छ । निशुल्क इन्टरनेट उपलब्ध गराएबापत अनलाइन मिडियाहरुले वल्र्डलिंकको प्रचारात्मक सामाग्री प्रकाशन गर्नुपर्ने सम्झौतामा बताइएको छ ।

वल्र्डलिंकका गण्डकी प्रदेश क्षेत्रीय बजार अधिकृत हेम गुरुङले मिडियासँग साझेदारी गर्दै आगामी कार्यक्रम तय गरिने जानकारी गराए । उनले पोखरा लगायत गण्डकी प्रदेश भित्र दर्ता भएका अनलाइन पोर्टलहरुलाई वल्र्डलिंकले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने बताए । मिडियाका लागि इन्टरनेट र इन्टरनेटका लागि मिडिया भन्ने अभिप्रायले आफुहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत सो कार्य गरिरहेको भनाई उनको छ ।

अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुवेदीले पहिलो चरणमा पोखराबाट संचालित ३० वटा अनलाइन पोर्टलहरुलाई वल्र्डलिंकले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराएको बताए । ‘हामीले पहिलो चरणमा पोखराबाट संचालित भएका ३० वटा अनलाइन पोर्टलहरुलाई इन्टरनेट सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेका छांै’ं, उनले भने, ‘वल्र्डलिंकसँग प्रदेशका अन्य जिल्लाबाट संचालित भएका अनलाइनहरुलाई पनि इन्टरनेट उपलब्ध गराइनेछ ।’

सुवेदीले वल्र्डलिंक मार्फत प्राप्त निशुल्क इन्टरनेटका कारण खर्चमा कटौती हुने बताए । सो सम्झौता स्पेक्स् फोर्टीनको समन्वयमा गरिएको हो । स्पेक्स् फोर्टीनले पोखरा केन्द्रीत रहेर विज्ञापन एजेन्सी लगायत इभेण्ट म्यानेजमेण्टको काम गर्दै आएको छ ।

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.