नेकपा माओवादी केन्द्र बन्दिपुरका ६ वटै वडाहरुमा शनिबार वडा सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । बन्दिपुर पालिका मातहत रहेका सबै वडाहरुमा सर्बसम्वत रुपमा नेतृत्व सहितको कमिटी गठन गरिएको हो । बन्दिपुर गाउँपालिका वडा नं १ मा अमृत शाहीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा लक्ष्मी थापा,सचिव अमर थापा,सहसचिवमा मनसरीफ मियाँ र कोषाध्यक्षमा संगिता राना सर्बसम्वत रुपमा चयन हुनुभएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथी नेकपा माओवादी गण्डकी प्रदेश सचिवालय सदस्य क्षितिज लामिछने र विशिष्ट अतिथी वडा नं १ का वडाध्यक्ष भानुभक्त पोख्रेल रहनुभएको थियो । त्यसैगरी बन्दिपुर गाउँपालिका वडा नं २ को अध्यक्षमा सुशील कुँवर सर्वसम्वत चयन बन्नुभएको छ । कुवँरको नेतृत्वमा २८ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा पदम आले,सचिवमा सुक मग्राती,सहसचिवमा कुमार पौडेल र कोषाध्यक्षमा भगवती आले निर्विरोध रुपमा चयन भएका हुन् । कार्यक्रमका प्रमुख अतिथीमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य गीता शाही र विशिष्ट अतिथी जिल्ला सदस्य सुदिन पौडेल रहनुभएको थियो । बन्दिपुरगाउँपालिका वडा नं ३ को अध्यक्षमा श्याम नेपाली चयन हुनुभएको छ । नेपालीको नेतृत्वमा २८ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा रेशम बहादुर थापा,सचिवमा शिव थापा,सहसचिवमा लाल बहादुर थापा र कोषाध्यक्षमा विकास थापालाई चयन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य एवं बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा रहनुभएको थियो ।त्यसैगरी वडा नं ४ को अध्यक्षमा महाबीर आले सर्वसम्वत निर्वाचित बन्नुभएको छ । आलेको नेतृत्वमा २८ सदस्यीय कमिटी गठन गरिएको छ । उक्त कमिटीको उपाध्यक्षमा ब्लक आले,सचिवमा कृष्णचन्द्र भट्टराई,सहसचिवमा सुक बहादुर गर्जा र कोषाध्यक्षमा सुष्मा थापामगर चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र बन्दिपुर गाउँपालिकाका अध्यक्ष एवं जिल्ला सचिवालय सदस्य बिद्या क्षेत्री र बिशिष्ट अतिथी नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य राजन भट्टराई रहनुभएको थियो । त्यसैगरी बन्दिपुर गाउँपालिका वडा नं ५ को अध्यक्षमा छबिलाल घिमिरेको अध्यक्षतामा २८ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा भोजराज गुरुङ,सचिवमा सुरेश क्षेत्री,सहसचिवमा बिजय गुरुङ र कोषाध्यक्षमा मिनामाया सार्कीलाई चयन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र बन्दिपुर गाउँपालिकाका सचिव जीवन कायस्थ र बिशिष्ट अतिथी वडा नं ५ का वडाध्यक्ष धु्रव लामिछाने रहनुभएको थियो । त्यसैगरी वडा नं ६ को अध्यक्षमा ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा बिपीन थापा,सचिव हेमबहादुर गुरुङ,सहसचिवमा सन्तमाया परियार र कोषाध्यक्षमा दुर्गामाया थापा सर्वसम्वत चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र तनहूँका पार्टीका केन्द्रिय सदस्य,जिल्ला इन्चार्ज एवं गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमान र बिशिष्ट अतिथी पार्टीका जिल्ला सचिवालय सदस्य सिद्दान्त थापामगर रहनुभएको नेकपा माओवादी केन्द्र बन्दिपुर गाउँपालिका इन्चार्ज क्षितिज लामिछानेले जानकारी दिनुभयो ।
लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम
भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु