‘धर्माे रक्षति रक्षित’

रक्षा गरिएको धर्मले, रक्षा गर्छ । धर्मको रक्षा गरियो भने हाम्रो रक्षा गर्छ धर्मले । रक्षा गर्नु भनेको अर्थ हुन्छ आफ्नो धर्ममा रहनु र धर्मको पालना गर्नु । आफ्नो कर्तव्यलाई अनुशासन पुर्वक निर्वाह गर्नु । आफ्नो धर्ममा रहे जीवन सुखमय र एश्र्वयले भरिपुर्ण हुन्छ । यदि मनपरी चले के के हुन्छ ? भनि साध्य छैन ।

आफ्नो धर्म पहिचान कर्तव्य संस्कार र संस्कृतिको रक्षा पालना गर्नु हरेक देशवासी वा नागरिकको कर्तव्य हुन्छ । हाम्रो मुल वैदिक मुल संस्कार संस्कृति बहुमुल्य छ । सबै धर्म वेद शास्त्रमा आधारित छ । त्यसैले सुन्दर छ, वैज्ञानिक र व्यवहारिक छ । काटछाँट गर्न पर्ने छैन, मिसाउनु पर्ने, थप्न पर्ने, घटाउन पर्ने, जोड्न पर्ने पनि छैन । वैदिक धर्म मार्गको परम्परामा चल्न गाह्रो छैन । नबुझ्नु र बुझाउने को कमी हुन सक्छ । मैले बुझिन, जानिन, मलाई मन परेन भन्दैमा धर्म बेठिक छैन । वैदिक मार्गमा मानिस मात्र चल्न सक्छ, कुनै प्रतिबन्ध छैन । हामी नेपालीले यो बुझ्न पर्छ की आफ्नो (वैदिक) धर्मको नाश गरियो भने आफ्नै नाश हुन्छ भन्ने कुरा बुझ्न अत्यन्तै आवश्यक छ ।

लेखक–ठाकुरप्रसाद शास्त्री

हामीले आफ्नो वानीलाई आचरणलाई वंश परम्परा कुल परम्परा मान्यजन, अनुभवि ज्ञानले यसो गर्नु, यसो नगर्नु भनेर, भोगेर, बुझेर, आएका कुरामा अग्रजहरुको अनुभव प्रमाणिक शास्त्रको भनाई, वैज्ञानिक तथ्यमा आधारित कुरामा अनास्था अविश्वास गरेर, मानेर हिड्न थाले नाश भएका धर्मले नाश गर्नेलाई नाश नगरी छाड्दैन ।

यो अकाट्य कुरा छ । यो ईश्वरको शक्ति या प्रकृतिको नियम हो । हामीले पानीलाई फोहोर पारेर त्यही पानी खाएपछि हाम्रो स्वस्थ्य न विग्रेर छाड्ला ?, वन जङ्गल मासेर उजाड पारे के स्वच्छ हाव हामीलाई पशुलाई चाहिने वहुमूल्य जडीबुटी घास पात इन्धन कहाँबाट मिल्ला ? हावालाई दुषित पारे कहाँबाट स्वच्छ वायु पाइएला ? त्यसैले हाम्रा आधारभुत वस्तु पञ्चभुत पृथ्वी, जल, तेज, वायु र आकाशलाई देवता भनिन्छ ।
वेदमा देवता नरहे हामी प्राणीहरु त वास्तवमा हौंला, उता यी देउता रिसाए अनुकुल नभए यी लेउताको के हालत होला ? त्यसैले हाम्रो जीवन स्वस्थ्य र स्वच्छ रहन यी देवतालाई पवित्र स्वच्छ राख भनेर बारम्बार पुर्कादछन् । शरण र सज्जन महापुरुषहरु हाम्रा जीवनका महत्वपुर्ण प्रकृतिका सामाग्रीलाई मानव समाज दुषित पार्न तम्सिएको छौँ ।

हामीहरुको १६ प्रकारको संस्कार भित्र व्रतबन्ध संस्कारमा शास्त्र र गुरु भन्नु हुन्छ, हेर बावु आकाश तिर फर्केर न थुक्नु पानीमा दिसा, पिसाब आदि फोहोर कुरा न फ्याक्नु ती हाम्रा देवता हुन् । वाटामा , बगैचामा फोहोर नफ्याक्नु, मान्यजनलाई अभिवादन गर्नु, तिम्रो आयु तेज, विद्या, बल स्वतः वृद्धि हुन्छ ।

यसरी वेद धर्मशास्त्र प्रकृतिमा विकृति नआओस् भनेर असल कुराको धारणा गर्न सके सुखी ज्ञान बनेर जीवन धन्य हुन्छ । सुखी आर्दश समर्थवान हुन्छ । यहाँ पानि र शरीर गएपछि (परलोकमा) धर्मको यही महत्वपुर्ण सन्देश छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.