ज्ञानी हुने कला

मानिसले जीवनपर्यन्त सिकिरहन्छ । ज्ञान र सीपकै आधारमा मानिस ज्ञानी हुन्छ । म्यान मेड पर्फेक्ट वाई प्राक्टिस् भनिन्छ । यसका लागि शिक्षामनोविद् रुसोका अनुसार अनुभवका आधारमा सिकिन्छ । अर्का शिक्षामनोविद् प्याभलवका अनुसार गल्तीबाट सिकाइ प्रभावकारी हुन्छ ।
यसैगरी, शिक्षाविद् किम्बलका अनुसार हरेक मानिसले अन्तरदृष्टिबाट सिक्छ । साथै, शिक्षाविद्द्वय यङका अनुसार प्रेरणाबाट र एलिस क्रोका अनुसार आन्तरिक प्रेरणाबाट मानिसले सिक्ने गर्दछ । यस अतिरिक्त, शिक्षाविद् पेस्तालोजीका अनुसार सिक्ने व्यक्तिको जागरुकता र अर्का विद्धान् बान्दुराका अनुसार शिक्षक÷प्रशिक्षकको रोलमोडलपनबाट सिकाइ प्रभावकारी हुन्छ ।

कृष्णहरि बास्कोटा

सिक्ने समूह
सबै मानिसका लागि सिक्ने पहिलो पाठशाला घर हो । त्यसमा पनि जन्मदिने आमा र कर्म दिने बुबा सर्वाधिक ठूला शिक्षक मानिन्छन् । त्यसपछि मित्रहरूबाट निरन्तर सिकिन्छ । तर, हेक्का राख्नुपर्ने कुरा के छ भने सुखका साथी गर्मी महिनामा हिउँ पग्लिए झैं छिट्टै विलीन हुन्छन् । तर, दुःखका साथी भने जाडो महिनामा हिउँ जमे झैं एकट्ठा भइरहन्छन् । भनिन्छ, जीवनमा एउटा असल अर्थात् इमानदार मित्र पाउनु जीवन नै सफल हुुनु हो । यथार्थमा, एउटा असल मित्र एक हजार आफन्त भन्दा बलियो हुन्छ । तर, परेको बखत सहयोग नगर्ने मित्रको संगत गर्नु बेकार छ ।
सिकाइ विधि
सामान्यतः पढेको कुरा बिर्सिन्छ । देखेको कुरा सम्झिन्छ । गरेको कुरा जानिन्छ र गर्दै गरे बानी पर्छ । यसलाई अंग्रेजीमा ह्याबिट्स कम फ्रम ह्याबिट पनि भनिन्छ । नेपालीमा धनले धन र ऋणले ऋण तान्छ भने झैं ज्ञानको भोकले हामीलाई ज्ञानतर्फ नै डो¥याउने शाश्वत सत्यलाई भुल्नुहुँदैन ।
यस सम्बन्धमा मानिसलाई चार प्रकारमा विभक्त गर्न सकिन्छ
पहिलो, जो ऊ आफू जान्दैन र जान्दिनँ भन्ने पनि जान्दैन, ऊ मूर्ख हो, त्यसलाई छुट्याऊ ।
दोस्रो, जो ऊ आफू जान्दैन, तर जान्दिनँ भन्ने जान्दछ, ऊ साधारण हो, त्यसलाई सिकाऊ ।
तेस्रो, जो ऊ आफू जान्दछ तर जान्दछु भन्ने जान्दैन, ऊ सुषुप्त हो, त्यसलाई ब्युँझाऊ ।
चौथो, जो ऊ आफू जान्दछ र जान्दछु भन्ने जान्दछ, ऊ ज्ञानी हो, त्यसलाई पछ्याऊ ।
सकारात्मक सोच
कसैबाट सहयोगको अपेक्षा गर्नुपूर्व उसलाई सहयोग पु¥याउनुपर्छ । यसैगरी, अर्काबाट आफ्नो इच्छा पूरा गराउन पहिला उसको इच्छा बुझेर सो इच्छा पूरा गरिदिनुपर्छ । कसैका लागि पनि दिन हिचकिचाउने र लिन इच्छुक रहने प्रवृत्ति क्षम्य हुँदैन । यसर्थ, आदर चाहनेले सर्वप्रथम अर्कालाई आदर गर्नुपर्छ ।
यसै प्रसंगमा दुर्गालालले रच्नुभएको छ– फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार । जस अनुसार हरेक मानिसले आफ्नो कामबाट मैले के पाएँ होइन, मैले के दिन सकें ? भनी आफैंलाई प्रतिप्रश्न गर्नुपर्छ । यो गरेर मलाई के फाइदा होइन कि ? यो गरेर मलाई के बेफाइदा ? भनी स्वयंसँग सवाल गर्नुपर्छ । साथै, अहिले नगरे कहिले गर्ने ? मैले नगरे कसले गर्ने ? भन्ने सकारात्मक सोचले हरेक मानिसलाई गन्तव्यसम्म पु¥याउँछ ।
सिकाइको आरम्भ
हजारौं माइलको यात्रा पहिलो पाइलाबाट आरम्भ हुन्छ । बिहान हेरेर दिनको अनुमान गर्न सकिन्छ । खुट्टा देख्दैमा कस्तो नाँच्लिन् भन्ने अनुमान गर्न सकिन्छ । सामान्यतः मानिस आउँदाको पहिचान लुगाले बताउँछ, तर जाँदा उसको योगदान वा प्रतिभा मात्रै स्मरणमा रहन्छ । यसर्थ, सबैले बत्तीसै लक्षणयुक्त हुने कोसिस गर्नुपर्छ । एउटा कटु सत्य कुरा के हो भने, सबै फूल फुल्दैमा बास्ना चल्दैन, जाई र चमेली फुल्दा बास्ना चल्छ, तर उन्यूँ र खर फूल्दा बास्ना चल्दैन । यसर्थ, हाम्रो सिकाइको आरम्भ सम्भव भएसम्म यथाशीघ्र गर्नुपर्छ ।
उसो त अँध्यारोले अँध्यारो हटाउन सक्तैन, प्रकाशले सक्छ । यसैगरी, घृणाले घृणा हटाउन सकिंदैन, प्रेमले सकिन्छ । यसै कारण भन्ने गरिन्छ, दुईवटा सलाइका काँटी हेर्दा समान देखिए पनि एउटाले अँध्यारो कोठामा बत्ती बालेर कोठालाई उज्यालो बनाउँछ भने अर्को सलाइको काँटीले डढेलो लगाएर वनलाई नै सखाप पारिदिन्छ । यसर्थ, बीउ राम्रो कि नराम्रो भनी जान्न त्यसको फल हेर्नुपर्छ । सोही रितले मानिस राम्रो कि नराम्रो भनी जान्न, उसको कार्यशैली परख गर्नुपर्छ ।
आफैं सिकिन्छ
हिमालबाट सुरु भएको खोला बाटो नसोधी हिंड्दा पनि समुद्रमा पुग्छ । सोही बमोजिम आफ्नो कर्तव्यमा अविचलित मानिसले सफलता चुम्छ । यथार्थमा, पोखरीमा हाम फाल्ने सबै मानिस मर्दैनन्, पौडन नजान्ने मात्रै मृत्युको मुखमा पुग्छन् । त्यसैगरी, मानिस पैसा नभएर गरिब हुने होइन, आफ्नो सम्पत्तिको उपयोग गर्न नजानेर गरिब हुन्छ । अर्थात् ढंग नपुग्ने पोखरीमा डुब्ने पक्का भएझैं आफूलाई उपलब्ध अवसर छोप्न नसक्नेहरू नै असफल हुन्छन् । असफल हुनु भनेको तल खस्नु होइन, अरूभन्दा पछाडि पर्नु हो भन्ने कुरा निकै कमले मात्रै बुझ्छन् । रूखले जसरी बर्सेनि पात फेर्छ, सोही रितले हामीले आफूलाई समयानुकूल बदल्नुपर्छ । पहिला मानिस भन्ने गर्थे समयले मानिसलाई बदल्छ, आजभोलि मानिसले नै समय बदल्ने गरेका छन् । यसका निमित्त आँट गरेर अघि बढ्नुपर्छ । भनिन्छ, असफलताको मनन् गर्नेहरू नै सफलताका हकदार हुन्छन् ।
अमूल्य सल्लाह
तपाईं हामी थाक्दैमा रोकिइनुहुँदैन, जुन बेलासम्म तोकिएको काम पूरै फत्ते हुँदैन, सो बखतसम्म कामलाई निरन्तरता दिनुपर्छ । कन्फ्यूसियसका अनुसार आफ्नो अज्ञानताको सीमाको पहिचान गर्नु नै असली ज्ञान हासिल गर्नु हो । अल्बर्ट आइन्स्टाइनका अनुसार हामीले चिन्तन, अनुसरण र अनुभवबाट सिक्ने गर्दछौं । आचार्य चाणक्यले भनेका छन्, आनन्दको बेला बचन नदेऊ । क्रोधको बेला जवाफ नदेऊ । दुःखको बेला निर्णय नलेऊ । यसबाटै मानिसको पहिचान हुन्छ ।
खराब नसोचौं
हामीले सबै परिस्थितिबाट पाठ सिक्नुपर्छ । खुट्टामा लागेको चोटले सम्हालिएर हिंड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीका साथ जिउन सिकाउँछ । संसारमा एकदमै राम्रो कुरा सोच्ने हो भने सर्वप्रथम आफूले खराब कुरा सोच्न बन्द गर्नुपर्छ । हेक्का राख्नुपर्छ, अवसर र सूर्योदयमा एउटै समानता छ, ढिलो गर्नेलाई यसले पर्खंदैन । यत्ति कुराको हेक्का राख्ने मानिस जीवनमा कहिल्यै पछाडि पर्दैन ।
यथार्थमा, जो आफैंमा खुसी हुन्छन्, उनीहरूको संसार पनि खुसी हुन्छ । केही नयाँ काम गर्नका लागि तिमी महान् हुन आवश्यक छैन । तर महान् हुनका लागि केही नयाँ काम गर्न जरूरी छ । खुसी हुनुको अर्थ यो होइन कि सबै कुरा ठीक छ । यसको अर्थ त यो हो कि तिमीले दुःखबाट उठेर जिउन सक्यौ । यदि तिमी कसैलाई अपमान गर्दछौं भने तिमीले आफ्नो सम्मान गुमाउँछौ । योभन्दा बढी व्यक्तित्व विकासको सूत्र के नै हुन सक्छ र ? हामी सबै कुरा जानेर पनि नजानेझैं व्यवहार गर्दछौं, हाम्रो ठूलो कमजोरी र गल्ती नै यही हो ।
सम्हालिनुपर्छ
क्रोधको बेला केही रोकिइनुपर्छ । गल्तीको बेला केही झुक्नुपर्छ– संसारको सबै समस्या समाधान हुन्छ । संसारमा सबै कुरा मिल्छ, तर आफ्नो गल्ती मिल्दैन । सबैभन्दा तीव्र उही हिंड्छ, जो एक्लै हुन्छ । तर, टाढासम्म उही पुग्छ, जो सबैलाई साथमा लिएर हिंड्छ । तिमी आफ्नो भविष्य बदल्न सक्तैनौं, तर प्रवृत्ति बदल्न सक्छौ । जब प्रवृत्ति बदल्छौ, भविष्य आफैं बदलिन्छ । यस कुराले हरेक मानिसलाई सम्हालिन उत्प्रेरित गर्दछ ।
शत्रुता र मित्रता
शत्रुता र मित्रता हरेक मानिसको आफ्नै हातको खेल हो । शत्रुलाई सिध्याउने एउटा काइदा छ, त्यो उसँग मित्रता कायम गर्ने नै हो । नभुलौं, शत्रु देख्दा मुस्कुराउनु नै उसलाई गरिने सर्वाधिक ठूलो सजाय हो । संसारका सबैभन्दा सुखी मान्छ ती होइनन्, जसले धेरै पाएका छन् । ती हुन्, जसले धेरै दिएका छन् ।
जहाँ बुद्धिमान हुन्छन्, त्यहाँ संवाद हुन्छ । जहाँ मूर्ख हुन्छन्, त्यहाँ विवाद हुन्छ । जिब्रो सुध्रियो भने, जीवन सुध्रिन बेर लाग्दैन । हामी भन्ने गर्दछौं, कर्ममा तिम्रो अधिकार छ, फलमा छैन । क्रोध नै तिम्रो शत्रु हो । अर्थात् आफ्नो मित्र र शत्रु दुवै तिमी आफैं हौ । अज्ञानतालाई नष्ट गर्ने उपाय ज्ञान हासिल गर्नु हो ।
एउटा शाश्वत सत्य यो पनि हो, तिम्रा दुई आँखा छन्, दुईपटक हेर । दुईवटा कान छन्, दुईपटक सुन । एउटा मुख छ, एकपटक बोल । कारण, मौन रहनु एउटा ठूलो हतियार प्रयोग गर्नु हो । यो कुरा बुझ, बोल्न बुद्धि भए पुग्छ, मौन रहन बुद्धि र विवेक चाहिन्छ ।
परिवर्तित होऔं
सबैजना विश्वलाई बदल्नेबारे सोच्छन्, तर आफैंलाई बदल्नेबारे भने कसैले पनि सोच्दैनन् । मूर्खले आफूलाई बुद्धिमान ठान्छ । तर, बुद्धिमानलाई आफू कति मूर्ख छु भन्ने थाहा हुन्छ । मूल कुरा, मान्छे आफ्ना दुःख गन्न रुचाउँछ तर सुख गन्न बिर्सन्छ । महत्वाकांक्षा नभएको बुद्धिमान मान्छे पखेटा विनाको चरा जस्तै हुन्छ ।
असल मानिसको गुण विनम्रता हो । उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ? असल मानिसको अर्को गुण घमण्ड नगर्ने हो । सबैको एकैनाश कहाँ हुन्छ समुन्नति, अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति । यसैगरी, असल मानिसको गुण शान्त रहने पनि हो । खहरे गडगडाहट सहित बग्छ, नदी सुसाउँदै बग्छ, समुद्र शान्त हुन्छ । यिनै जीवन र जगतका रहस्यहरूको मनन् गरी व्यवहारमा रूपान्तरित हुँदा सम्भवतः ज्ञानी हुने दिशामा अघि बढिनेछ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.