अाफ्ना २०८ कार्यकर्ता रिहा गर्न समाजवादीकाे माग

काठमाण्डौ २८, चैत ।

जनता समाजवादी पार्टीले विभिन्न मुद्दामा अभियोग लागेका २ सय ८ जना नेता÷कार्यकर्ता रिहा गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ । जसपासँगको छलफलपछि सरकारले राजनीतिक मुद्दाको प्रकृति उल्लेख गरी निर्देशिका बनाएको आधारमा २ सय ८ जना आफ्ना पार्टीका नेता÷कार्यकर्ता रिहा गर्ने प्रक्रिया अघि बढाउन जसपाले गृहलाई पत्र पठाएको हो ।

जसपाका नेता सुरेन्द्र झाका अनुसार गृह मन्त्रालयमा पठाएकोमा पत्रमा राजनीतिक मुद्दा मात्रै रहेको छ । जसलाई गृह मन्त्रालयले हेर्छ र रुजु गर्छ । गृहमन्त्रालयबाट कानुन मन्त्रालय हुँदै कानुनी रायसहित मन्त्रिपरिषदमा पुगेर यस विषयमा अन्तिम निर्णय हुने उहाँले बताउनुभयो ।

नेता झाले २४ मुद्दामा अभियोग लागेका २ सय ८ जना विभिन्न १३ जिल्लाका नेता÷कार्यकर्ता रहेको पनि बताउनुभयो । जसमा टीकापुर घटनामा दोषी ठहर भइ कैद भुक्तान गरिरहनुभएका रेशम चौधरीदेखि प्रदेशको समाजिक विकास राज्यमन्त्री र स्थानीय तहका प्रमुखसमेत रहेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.