अनधिकृत बोर्ड राखेर सार्वजानिक यातायात संचालन गर्ने सवारी कारबाहीमा

डिपि अधिकारी
माघ २८ / डुम्रे

यात्रुलाई ढाँँट, छल गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँद्धारा अनधिकृत बोर्ड राखेर सार्वजानिक यातायात संचालन गर्ने सवारी कारबाही थालेको छ ।
अनधिकृत बोर्डहरु राखेर यात्रुलाई भ्रम पार्ने गरि सञ्चालन भैरहेका बसहरुलाई अस्थायी ट्राफिक प्रहरी कार्यालय डुम्रे तनहुँले कारवाही थालेको हो ।
चेकजाँचका क्रममा पुग्नुपर्ने स्थान भन्दा फरक स्थान जाने अनधिकृत बोर्ड राखेर यात्रुलाई ढाँट, छल गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही अभियान थालेको अस्थायी ट्राफिक प्रहरी कार्यालय डुम्रेका प्रमुख मुन्नी जी प्रसाद यादबले जानकारी दिनुभयो । मंगलबार र बुधबार ट्राफिक प्रहरी कार्यालय डुम्रेले गरेको चेकजाँचका क्रममा २ दर्जन बसलाई कारवाही गरिएको ट्राफिक प्रहरी कुमार बस्नेतले बताउनुभयो।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ खण्ड हुदै मुग्लिन पोखरा चल्ने करिब ४ दर्जन बस कारवाहीमा परेका छन् । आम नागरिकको गुनासो सम्बोधन गर्नुका साथै ट्राफिक सचेतना कार्यक्रम अन्तरगत उक्त कार्य गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम बहादुर रानाभाटले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.