डाक्टर माथि हातपात भएपछि  बन्द रहेको गोरखा अस्पतालको बहिरंग सेवा आजबाट सुचारु

गाेरखा । आइतवारदेखि  गाेरखा अस्पतालकाे इमेरजेन्सी वार्डमा डाक्टर माथि हातपात भएपछि  बन्द रहेको गोरखा अस्पतालको बहिरंग सेवा आजबाट सुचारु हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सोमवार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले चिकित्सक माथि हातपात गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि स्वास्थ्यकर्मीहरु सेवामा फर्कन सहमत भएका हुन् ।

चिकित्सक माथि हातपात गर्नेलाइ कारवाही गर्ने प्रमुख जिल्ला अधिकारीले बताएसँगै गाेरखा अस्पतालका स्वास्थ्यकर्मीहरु काममा फर्कन लागेका हुन् ।

इमर्जेन्सी वार्डमा खटिएका चिकित्सकमाथि दुब्र्यवहार र हातपात भएको विरोधमा स्वास्थ्यकर्मीहरुले आइतवारदेखि आकस्मिक बाहेकको सेवा बहिष्कार गरेका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.