समाचारकाे प्रभाव ( भिडियो हेर्नुहाेस् ) , मर्मत गरिएकै भाेलिपल्ट बालक ठक्कर दिएर भाग्ने प्रहरी फन्दामा

समाचारकाे प्रभाव ( भिडियो हेर्नुहाेस् )
तनहुँकाे डुम्रे बजारमा राखिएकाे १५ ओटा सिसि क्यामेरा मध्ये ११ ओटा संचालनमा, मर्मत गरिएकै भाेलिपल्ट बालक ठक्कर दिएर भाग्ने प्रहरी फन्दामा
डिपि अधिकारी / डुम्रे
तनहुँकाे डुम्रे बजारमा राखिएकाे १५ ओटा सिसि क्यामेरा मध्ये ११ ओटा संचालनमा आएकाे छ । रेडियो बन्दिपुमा समाचार प्रशारण र प्रकाशन भएकाे भाेलि पल्टै मर्मत गरिएकाे थियाे । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे ईकाइ सभापति नेक महम्मद मियाकाे अग्रशरतामा मर्मत गरिएकाे हाे । मियाँका अनुसार बिगत ४ महिना अघि बिग्रिएकाे सिसि क्यामेरा समाचार प्रकाशन भए पछि भाेलिपल्टै मर्मत गर्न सफल भएकाेमा रेडियो बन्दिपुरलाई धन्यवाद ब्यक्त गर्नु भएकाे थियाे । साथै अन्य ४ वटा पनि तत्काल मर्मत गरिने उहाँले जानकारी दिनुभयाे ।
ईलाका प्रहरी भानु मुकाम डुम्रेका प्रहरी नायब निरीक्षक दिनेश पाैडेलका अनुसार डुम्रे बजारकाे सिसि क्यामेरा मर्मत गरिएकै भाेलिपल्ट आँबुखैरेनीमा बालकलाई ठक्कर दिएर भाग्ने माेटरसाईकल र लमजुङ दाेर्दीका चालकलाई पक्रन सफल भएकाे जानकारी दिनुभयाे ।
“आँबुखैरेनीमा राखिएकाे सिसि क्मेरामा माेटरसाईकल नम्बर स्पष्ट नखुलेकाेले डुम्रेमा हेर्न लगाउँदा बालक ठक्कर दिई भाग्नेलाई पक्रन सफल भयाैं ” ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बिकास थापाले भन्नुभयाे । साथै उहाँले आफ्नाे घरवरपर अनुमति लिएर सिसि क्यामेरा राख्न सके अपराधिक घटनामा कमि आउने बताउनु भयाे ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख रेशम रानाभाटले चाडबाडका बेला बजारमा भिड बढ्न सक्ने हुँदा र घटना दुर्घटना र अपराधिक कृयाकलाप हुन सक्ने हुँदा सबै सुरक्षाका बिधिहरु अपनाउन सबैमा अनुराेध गर्नुभएकाे छ ।
हेर्नुहाेस्, आँबुखैरेनीमा ठक्कर दिई फरार माेटरसाईकललाई डुम्रे बजारकाे सिसि क्यामेराले कैल गरेकाे भिडियाे –

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.