१ करोड लाख ४२ हजारभन्दा धेरैले काेराेना जिते

काठमाडौं : विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ४२ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ४२ हजार ५ सय ८४ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ६ लाख ५२ हजार ५७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड ६४ लाख १३ हजार ९५४ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ४९ हजार ८ सय ४९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ४३ लाख ७१ हजार ८३९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५६ हजार १३० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ४५१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या २४ लाख १९ हजार ९०१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५५६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ८७ हजार ५२ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ हजार ८१२ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ३६ हजार १९ पुगेको हो ।

Facebook Comments Box

मुग्लिन सडक खण्डमा पहिरोसहित ढुंगा खसेर लाग्दा बसका चालकको मृत्यु

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोसहित ढुंगा खसेर लाग्दा बसका चालकको मृत्यु भएको छ। बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासी ४

सबै पढनुहोस »

रास्वपा महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

सबै पढनुहोस »

रोल्पाको तालाबाङमा जिप दुर्घटनाः सात जनाको मृत्यु

दाङ- रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । एक नाबालक सहित पाँचजनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

सबै पढनुहोस »

पालुङटार नगरपालिकाको  एसईई नतिजा

पालुङटार नगरपालिकाको  एसईई नतिजा 2080 धर्मोदय  २० मा १ पास  5%त्रिवेणी- ३२ मा ७ पास 21.8%लक्ष्मी- १० मा ४ पास 40%भवानी- ५६ मा १९ पास

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने

सबै पढनुहोस »

गोर्खाका ११ विद्यालय निल

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाका ११ वटा विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । पालिकाहरुबाट प्राप्त जानकारी अनुसार धार्चे गाउँपालिकाका चार,

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.