सुनको भाउ निरन्तर बढेर नयाँ रेकर्ड कायम ताेलाकाे ९५ हजार ८ सय

काठमाडाैँ : सुनचाँदीको भाउ निरन्तर बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ । सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले बढेर ९५ हजार ८ सय पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । छापावाल सुन बिहीबार (हिजो) ९४ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) का लागि तेजाबी सुनको भाउ तोलाको ९५ हजार ३ सय ६५ तोकेको छ । यस्तै चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको एक हजार एक सय ५० रुपैयाँ पुगेको छ । हिजो (बिहीबार) तोलाको ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.