अमरराज नहर्की÷तनहुँ समाचारदाता
तनहुँ, वैशाख २५ गते ।
मान्छे र नरभक्षी चितुवाबीच भिडन्त हुँदा तनहुँमा चितुवाको मरेको छ । भानुनगरपालिका–४ स्थित चुँदी कुमाल गाउँमा बिहीबार विहान ४ बजे चार जना र चितुवा बीच भिडन्त हुँदा चितुवाको मरेको हो । करीव ३ वर्षको र २० किलोको चितुवा मान्छेसँगको भिडन्तमा मारिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।
चितुवासँग लड्ने क्रममा नेपाली सेनाका पूर्व सैनिक ३६ वर्षिय रामबहादुर कुमाल घाईते हुनु भएको उहाँले जानकारी दिनुभयो । घाईते कुमालले व्यवसायिक रुपमा पाल्नु भएको कुखुरा विहान झिसमिसे उज्ज्यालोमा एक व्यक्तिले कुखुरा टिपेर भागेको देखेपछि चोरलाइ कुमालको परिवारले लखेट्दै जाँदा वन छेउको चिलाउनेको रुखमा लुकेर बसेको चितुवाले एक्कासी मानिस माथि जाइलागेपछि दोहोरो भिडन्त भएको र चितुवा मरेको भानु नगरपालिकाको उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । चार जना मिलेर कुखुरा चोरलाई लखेट्ने क्रममा जङ्गलमा लुकेको चितुवाले रामबहादुरलाई आक्रमण गरेर दुई जन भिडिरहेको अबस्थामा तीन जना मिलेर आक्रमणकारी चितुवालाई मुखमा ढुङ्गाहाली दा¥हा भाँचेर भाटा र दाउराले हानेर मारेको स्थानीय बासिन्दा तथा भानु नगरपालिकाका नायव सुब्बा शङ्कर रानाभाटले जानकारी दिनुभयो ।
५३ वर्षिय भरत कुमाल र उहाँको दुई छोराहरु २२ वर्षिय टिकाराम कुमाल, २० वर्षको सिताराम तीन जना मिलेर रामबहादुरलाई आक्रमण गरेको नरभक्षी चितुवालाई मार्न सफल भएको उहाँले जानकारी दिनुभयो । रानाभाटका अनुसार चितुवाले आँ गरेको बेला भरत कुमालले मुखमा ढुङ्गा हालिदिएपछि दा¥हा भाँचिएकोले मार्न सहज बनेको हो । पछि पछि आएको रामबहादुरको १२ वर्षिय छोरालाई चितुवाले आक्रमण गर्न खोजेपछि रोक्ने क्रममा चितुवाले आक्रमण गरेको र रामबहादुर बाहेक अन्य तीन जना भने सामान्य घाईते भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ । चितुवासँग लड्नु भएका भरत कुमालले जानकारी दिनुभयो । नरभक्षी चितुवालाई मार्न सफल भएपछि कुमाल परिवारको सबैले प्रशंशा गरेको वडा अध्यक्ष पूर्णबहादुर लौडारीले जानकारी दिनुभयो । भानु नगरपालिका क्षेत्रमा मात्रै दुई वर्षको अवधिमा नरभक्षी चितुवाको आक्रमणले गर्दा ६ जना बालबालिकाको मृत्यु भईसकेको अवस्थामा कुमाल परिवारले नरभक्षी चितुवालाई मार्न सफल भएकोले सबैले प्रशंशा गरेको उहाँ बताउनुहुन्छ । तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै सात जना घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । सामुदायिक वननको संयुक्त प्रयासमा जिल्लाको विभिन्न ठाउँमा गरी १६ वटा खोर निर्माण गरी राखेर चितुवाको पासो थापिएको डिभिजन वन कार्यालयले जनाएको छ ।