पङ्गु कुरा पत्याउनु ,रहर गर्नु हुँदैन

राजेन्द्र न्यौपाने
२००६ साल देखि हालसम्म आईपुग्दा कम्युनिष्टहरुले थुप्रै उचारचढावका वीच कडा संघर्ष गर्नुपरेको छ । यतिबेला देशमा कम्युनिष्टहरुको बहुमतको सरकार छ भनिन्छ । पार्टी भित्र वृहत र सामूहिक छलफलबाट निस्केको निष्कर्षको एजेण्डालाई सरकारमा रहनेले कार्यान्वयन गर्नु कम्युनिष्ट भित्रको नियम हुन्छ । एउटा व्यक्तिले जे इच्छा लाग्यो त्यहि गर्दै जाने हो भने पूर्व श्री ५ महाराजधिरज ज्ञानेन्द्र वीर विक्रम शाह देवलाई नागार्जुनको जंगलमा राख्नु पर्दैनथ्यो । अत्यन्त अध्ययनशिल, विद्वान व्यक्ति सरकारको नेतृत्वमा रहेको अवस्था पनि होइन । सकरात्मक विभेदका लागि काम गर्ने क्षमता भएको पटक्कै होइन ।
बालुवाटारलाई प्रश्न
कसैलाई प्रधानमन्त्री पद कायम राख्न बालुवाटारबाट सिध्याईदिने धम्कीका साथ हस्ताक्षर अभियानमा सरिक गराउनै पर्ने बाध्यता छ भने कसैलाई जसरी पनि त्यही पदमा पुग्नका लागि रस्साकस्सी छ , त्यो पनि कम्युनिष्टहरुले चलाएको सरकार र सत्ता । लेखक प्रश्न गर्न चाहन्छन् यो कस्तो कम्युनिष्ट हो ? यी दूई पक्षमा एक पक्ष कम्युनिष्ट हुन सक्तैन् प्राय कम्युनिष्टहरु सत्तामा पुगेपछि आफूलाई कम्युनिष्ट भन्न चाहँदैनन् , यहाँ भएको त्यहि हैनर ?
बालुवाटारको समृद्ध नेपाल
कम्युनिष्टहरु कडा रुपमा विच्किएर पार्टी फुटाईदिउन भनेर कतिपयले विहान बेलुका आरती गरिरहेकै छन् । गुण नभएपनि आकारमा ठूलो भएको कम्युनिष्ट पार्टी विभाजन भै हाल्यो भने त्यसका असरका बारेमा पनि नेतृत्व जानकार नै होला । केन्द्रको झुण्ड प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुग्छ । यसले स्थानीय तहमा अहिले भईरहेको राजनीतिक संरचना फेरबदल गर्छ नै, त्यसले ग्रामीण क्षेत्रका विकास निर्माण देखि सबै जनतालाई एकसमान हेर्ने दृष्टिमा असर पुग्छ । कम्युनिष्टले बनाउने समृद्ध नेपालको योजनाले पूर्णता पाउँदैन र अर्को पटक नयाँ उम्रेका र सत्ता बाहिर रहेका पार्टीहरुको मत बलियो हुन्छ ।
सरकार कहाँ छ ?
सरकारको अनुभूति जनताले दैनिक रुपमा आफूलाई परेको समस्या समाधानका लागि सहजता र असहजतामा निर्भर गर्दछ । देश कोरोना भाइरसका कारण ठप्प हुँदाका दुई हप्ता सम्म देशैभरी विकास निर्माणका काम गर्ने मजदुरहरुले सरकार देख्न सकेनन् काम गर्ने समयमा ठेकेदार देखे तर पारीश्रमिक देखेनन् । कम्युनिष्ट सरकार ठेकेदारका सबै माग पूरा गर्न तयार छ,तर निर्माणमा खटिने मजदुरको समस्या देख्नै चाहदैन । बालुवाटारमा भएको सुविधा नै सबैतिर भएको उसले अनुभूति गरिरहेको छ । यसबाट के प्रष्ट हुन्छ भने सरकार देशका कुनाकुना र सबै जनताका मनमुटु भित्र नभै बालुवाटारमा मात्र छ ।
अपाङ्गता की सपाङ्गता
अपाङ्गता भएको वा साङ्ग भनेर खुुट्याउनपर्ने अवस्था कसरी आयो सरकार चलाएका छौं भन्नेले नै जान्नुपर्छ । सरकार सुरु देखिनै सबलाङ्ग बन्ने कोशिश नगरेको होइन तर पनि अहंकारी नेतृत्वमा रहेका कारण दुई वर्ष देखि अपाङ्ग रहँदै आयो । मन्त्री परिषद देखि बालुवाटार सचिवालय अपाङ्ग रहे । नयाँ वर्ष २०७७ को सुरुवाति देखि नै पाक्दै गरेको अध्यादेश नामको खिचडी बैशाख ७ गते नै पाकेर ८ गते ढकनी लगाई १२ गते फाँडो बनाइयो । यस्तो कामले अपाङ्ग सरकार सपाङ्गमा परिणत भएको दुनियाँले थाहा पाए । अहिले यही अवस्थामा काम गरिरहेको छ । बनमा रहेको मुडो र सपाङ्ग बस्तुमा फरक छैन भने यसबाट के आसा गर्ने ? यो सरकार अपाङ्गता बाट सपाङ्गतामा पुगेको छ ।
समाधान !
सत्तामा रहनेले आफू बाहेक अरुलाई विश्वास गर्न नसक्नु पश्चिमा नश्लवादी गुण हो । सत्तामा रहँदाका समय पूर्व श्री ५ को क्रियाकलापलाई हामी लिन सक्छौं । बालुवाटारभित्र होनाहार क्षमता भएका सिमित सचिवालय सदस्यहरु राखेर देश हाँक्नु कम्ति राम्रो रहेन । भ्रष्टचारी देखि के के हो के के सबै अटाउने यो भूमिलाई अर्का प्रधानमन्त्री आएपछि सचिवालय राख्ने ठाउँ सार्छन जस्तो लाग्छ देशबासी जनतालाई । आफू बाहेक अरुलाई भ्रम देख्ने आँखामा ओखती राख्नै पर्छ ओखती राख्नुपर्ने आँखाले यतिका ३ करोड नागरिकहरुको नेतृत्व गर्न सक्ने कुरा छैन । लाज हुँदो हो त सपाङ्गताको अवस्था पुग्दा सम्म पनि किन कुरिरहनु पथ्र्यो ? जनताले चुनेर पठाएका थुप्रै नागरिकहरु त्यही पार्टी र सरकारमा हुँदाहुँदै फेरी अर्को व्यक्तिलाई जनमत लिन मैदानमा पठाउनु आवश्यक छैन र यस्ता पङ्गु कुरा पत्याउनु र कसैले रहर गर्नु पनि हुँदैन । पार्टी भित्रको पूर्व सहमति कार्यान्वयन गरेर अघि बढ्दा सबै समस्याको समाधान हुन्छ र जनताले सरकार पनि पाउँछन् । देशलाई सरकार विहिन अवस्थामा सँधै राखिरहनु हुँदैन ।

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.