गाेरखा संसार
बैशाख १४,काठमाडौं :
सरकारले १० दिन लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदम सकारात्मक भएको भन्दै उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सुझाव दिएको थियो ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले लकडाउन लगायत बिषयमा सरकारलाई सुझाव दिन मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्मा बिभिन्न मन्त्रालयका सचिव र सुरक्षाअधिकारी सम्मिलित कार्यदल गठन गरेको थियो ।