जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न

जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न भएको छ॥

पालुङटार नगरपालिका वडा नम्बर ७ को सभाहलमा भएको कार्यक्रम सहकारीका अध्यक्ष मन बहादुर कुमालको अध्यक्षता तथा  पालुङ्टार नगरपालिकाका उपप्रमुख बन्दना पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ॥

२०६५ सालमा जनताको जीवनस्तर माथी उकास्ने उदेश्यले सहकारी स्थापना गरिएको हो । उपभोक्त को हित संग जोडिएर किसानलाइ लक्षित गरेर योजना बनाएर ल्याएमा आफूहरुले सहयोग गर्ने नगर उपप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि बन्दना पाण्डेले बताउनुभएको थियो ॥

तत्कालीन समयमा खुलेका अधिकांश सहकारीहरू निष्क्रिय रहेको र यो सहकारीले गति लिन अघि बढेकोमा खुसी व्यक्त गर्दै यसको उत्तरोत्तर प्रगतिको लागि जिल्ला सहकारी सङ्घ गोर्खाका अध्यक्ष एवं पालुङटार नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रिखीराज धौरालीले विशेष अतिथिको रुपमा मन्तव्य राख्दै बताउनुभएको थियो।

विशेष अतिथिको रूपमा बोल्दै पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अर्जुनबहादुर कुमारले विगतका गल्तीहरूबाट पाठ सिक्दै यस सहकारीलाई उकास्न सबै पक्षले मिलेर सहयोग गर्नुपर्ने बताउनुभयो ॥

कार्यक्रममा संस्थाको अध्यक्ष मन बहादुर कुमालले चौथो साधारणसभाको प्रतिबेदन पेस गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मनतब्य सहकारीका कोषाध्यक्ष  शुक्र बाहादुर बिकले गर्नु भएको थियो ।  भने कार्यक्रम सन्चालन    सहकारीका सचिव   रबिन्द्र कडेलले गर्नु भएको थियो।

माझीगाउँ टोल बिकास संथाका ओम प्रकाश गुरुङ , जुडिखोला बहुउद्देश्यीय सहकारिका अध्यक्षका अर्जुन पाण्डे , जीवन ज्योती माबीको प्रधानाध्यापक बद्री पाण्डेले मन्तव्य राखनुभएको थियो ।

भेलाले ७ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको छ । जसको अध्यक्षमा मन बहादुर कुमाल, उपाध्यक्षमा बुद्दी कुमाल, सचिबमा भवना कुमाल र कोषाध्यक्षमा कमल गुरुङ रहेका छन । त्यस्तैं सदस्यहरुमा सुर्यलाल कुमाल, प्रेम कुमाल, ओमप्रकाश गुरुङ रहेका छन् बेलाले वडा नम्बर ७ वडा अध्यक्ष अर्जुनबहादुर कुमालको संयोजकत्वमा तीन सदस्य संरक्षक समिति समेत गठन गरेको छ। जसको सदस्यहरूमा रविन्द्र कडेल र विकास परियार रहेका छन्। त्यस्तैगरी लेखा सुपरिवेक्षण समितिमा संयोजक बद्रीबहादुर पाण्डे रहनुभएको छ भने सदस्यहरूमा शुक्रबहादुर बिक र प्रवासबाबु परियार रहेका छन्!

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.