Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
पत्रकार महासंघको नवनिर्वाचित समितिलाई व्यास नगरपालिकाको बधाई

पत्रकार महासंघको नवनिर्वाचित समितिलाई व्यास नगरपालिकाको बधाई


तनहुँ,
व्यास नगरपालिकाले नेपाल पत्रकार महासंघ तनहुँको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जिल्ला कार्यसमिति, प्रदेश तथा संघीय परिषद सदस्यहरुलाई बधाई ज्ञापन गरेको हो । नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै र प्रमुख प्रशासकीय अधिकृत काशीराम गरैले पत्रकारहरुलाई बधाई दिएका हुन् ।
सो अवसरमा नगरप्रमुख बैकुण्ठ न्यौपानेले सञ्चार र सञ्चारकर्मीको पेशागत बिकास र सवलीकरणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नगरपालिकाको स्रोत, साधनले भ्याएसम्म बिगतदेखि सहयोग गर्दै आएको बताउदै न्यौपानेले महासंघको पहिलो बैठकले निर्णय गरेको पारिवारिक स्वास्थ्य बीमा कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने “पत्रकारको स्तरवृद्धि तथा परिमार्जित सञ्चार सेवालाई सहज बनाउने सन्दर्भमा व्यास नगरपालिका सधैं साथमा रहन्छ ।”
कार्यक्रममा पत्रकार महासंघका नवनिवार्चित अध्यक्ष डिपि अधिकारीले सञ्चारगृहको स्थायित्व, वृद्धि, बिकासमा नगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको बताए । बिगतदेखि नै व्यास नगरपालिकाले पत्रकार महासंघसँग सहकार्य र समन्वय गर्दै आएको र आगामी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।
सोही अवसरमा महासंघका पूर्व केन्द्रिय सदस्य एवम् पूर्व अध्यक्ष प्रदीप काफ्लेले महासंघ र नगरपालिकाको संस्थागत सम्बन्ध बलियो हुनुपर्ने बताए । जनप्रतिनिधि तथा पत्रकार दुबैप्रति जनताका गुनासा बढी रहेको उल्लेख गर्दै दुवैका विच एकआपसमा रचनात्मक सल्लाह सुझाव आदनप्रदान हुनुपर्ने बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.