भन्या हो पालुङटार गोर्खा।
गोर्खाको पालुङ्टा नगरपालिकामा पौष ११ गतेदेखि विद्यालय स्तरीय राष्ट्रपति कप रनिङशील प्रतियोगिता जीवनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा हुने भएको छ।
पालुङटार नगरपालिका शिक्षा शाखाको आयोजनामा र जीवनज्योति माध्यमिक विद्यालयको सहआयोजना एवं व्यवस्थापनमा पौष ११ गतेदेखि १३ गतेसम्म विभिन्न खेलकुद कार्यक्रम सहित रनिङसिल प्रतियोगिता हुन लागेको नगरपालिका शिक्षा शाखाका प्रमुख पूर्णबहादुर नेपालीले जानकारी दिनुभयो।
जीवनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा भइरहेको तयारी का बारेमा हिजो पौष ८ गते नगरपालिकाका शिक्षा शाखा पूर्णबहादुर नेपाली वरिष्ठ शाखा अधिकृत माधव पोखरेल स्रोत शिक्षक सन्तोष पाण्डे लगायतका को समूहले अध्ययन एवं अनुगमन गरी भएका गतिविधिहरूको रिपोर्टिङ समेत लिएका थिए।
शिक्षा युवा तथा खेलकुद शाखा पालुङटार नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूलाई पौष ९ गतेभित्र खेलाडी तथा अन्य आवश्यक विवरणहरु कार्यालयमा बुझाउन समेत अनुरोध गरेको छ। रनिङशील अन्तर्गत छात्रछात्रा तर्फको भलिबल, छोटा तथा लामा दौड, हाइजम, लङ्गजम, ट्रिपल जम्प जस्ता खेलहरु सञ्चालन गरिने तालिका समेत शिक्षा शाखाले सार्वजनिक गरेको छ। सहआयोजक जीवनज्योति माध्यमिक विद्यालयमा खेलकुदका लागि आवश्यक पर्ने फिल्ड लगायतका विभिन्न कार्यहरू द्रुत गतिमा भइरहेको छ।
कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि विद्यालयले विभिन्न उपसमितिहरू निर्माण गरी कार्ययोजना अगाडि बढाएको विद्यालयले जनाएको छ।



