त्रिभुवन विश्वविद्यालयद्वारा आठ संकायमा डिन नियुक्त

काठमाडौँ, ३० मङ्सिर ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न ८ संकायमा डिन नियुक्त गरेको छ । शनिबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक समेत नियुक्त गरेको हो।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो ।

प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए ।

त्रिविका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायमा प्राडा दुबिनन्द ढकाल, इन्स्टिट्युट अफ मेडिसिनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा किशोरचन्द्र दाहाल डिन नियुक्त भएका छन् ।
यसैगरी शिक्षाशास्त्र संकायमा प्राडा बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिस, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशिल बहादुर ब्रर्जाचार्य र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल डिन नियुक्त भएका छन् ।

यसैगरी योजना निर्देशनालयका निर्देशकमा डा लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा राजेन्द्र कुँवर र व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र कार्यकारी निर्देशकमा प्राडा मिनाराज भण्डारी नियुक्त भएको त्रिविले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.