भानुमा प्रमुख जिल्ला अधिकारीलाई स्वगत


मंसिर १२, भानु
तनहुँकाे भानुमा भानु नगर उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरिएकाे छ ।
। बुधबार भानु १ भन्सारमा प्रजिअ श्यामकृष्ण थापालाई स्वागत गरिएकाे हाे । नगर उद्योग वाणिज्य संघ भानुका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले आम नागरिकले आ-आफ्नाे कर्तव्य र अधिकारकाे बारेमा सचेत रहनु पर्ने भन्दै कानुनी कुराहरुकाे ख्याल राख्नु पर्नेमा जाेड दिनु भयाे । साथै उहाँले जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र धेरैकाे संख्यामा थुप्रिएकाे र राहदानी समेत २/३ हजार थुप्रिएकाले अब छिटोभन्दा छिटाे लिस्टिङ गरि पालिका – पालिकामा पठाईने जानकारी दिनुभयाे । उहाँले नागरिकलाई सेवा लिन र गुनासाे पाेख्न सजिलाे हाेस् भन्ने उदेश्यले छिट्टै क्युआर काेड लागू गरिने बताउनु भयाे ।
कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले नागरिककाे अपेक्षा अनुसार कार्यालयले सेवा दिईरहेकाे भन्दै आगामी दिनमा समेत नागरिकलाई दुुख्ख नहुने गरि मुस्कान सहित सेवा दिन प्रमुख जिल्ला अधिकारी समक्ष अनुराेध गर्नु भएकाे छ । नगर उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष लालकुमार श्रेष्ठले स्वागत गर्नु भएकाे कार्यक्रममा भानु १ कि वडा अध्यक्ष कान्छिमाया तामाङ , नगर उद्योगका प्रथम उपाध्यक्ष राजन श्रेष्ठ, भानु नगर उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समितिकी सभापति पुनम श्रेष्ठ , नगर उद्याेगका पदाधिकारी , विभिन्न ईकाइ समितिका अध्यक्ष तथा प्रतिनिधि लगाएत स्थानीयकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजिकरण नगर उद्योग वाणिज्य संघका महासचिव कृष्ण काेईरालाले गर्नु भएकाे थियाे ।
भानु नगर उद्योग वाणिज्य संघ तनहुँले आगामी पाैष ९ देखिपाैष १९ सम्म प्रथम भानु नगर महाेत्सवकाे आयाेजना गरेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.