ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ।

प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको सार्वजनिक गरिएको हो। आर्थिक वर्षभरिमा विभिन्न सवारी साधनहरूसँग उठाइएको जरिवाना बापतको रकम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जसमध्ये ४१३६ मोटरसाइकललाई जरिवाना गर्दा ४१ लाख १८ हजार, 2279 जीपहरुलाई जरिवाना गर्दा १८ लाख ९३ हजार ५०० , ८६४ बस जरिवानाबापत पाँच लाख८५ हजार ५००, ६६६ डाक्टरबाट पाँच लाख२६ हजार, १६३७ ट्रक तथा टिप्परबाट १४ लाख ४८ हजार रूपैयाँ जरिवाना उठेको बताइएको छ। त्यस्तैगरी ७४६ जनामा गरिएको मापसी कारबाहीबाट आठ लाख २४ हजार रूपैयाँ राजस्व सङ्कलन गरिएको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.