रोल्पाको तालाबाङमा जिप दुर्घटनाः सात जनाको मृत्यु

दाङ- रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । एक नाबालक सहित पाँचजनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । चारजना गम्भीर घाइते छन् ।

दाङ- रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । एक नाबालक सहित पाँचजनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । चारजना गम्भीर घाइते छन् ।

माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा माडि गाउँपालिका–३ तालावाङ वर्ष ३३ की जुनमाया खड्का, सोही ठाउँ निवासी वर्ष ७७ का खडक बहादुर डाँगी, दाबाङ निवासी वर्ष ३० की अमृता घर्ति, अमृता घर्तिकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका वडा नं २ राङ्सी निवासी वर्ष ३३ की रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले जानकारी दिनुभयो ।

यस्तै रेऊघा अस्पतालमा उपचारका लागी पुर्‍याइएका माडी गाउँपालिका वडा नं ३ दाबाङ निवासी ७० बर्षिय झुपलाल डाँगी र सोही ठाउँ निवासी एक महिलाको मृत्यु भएको छ । तर, ति महिलाको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

माडि गाउँपालिका वडा नं २ घर्तिगाउँ निवासी वर्ष ६ का हिटलर खड्का, तालाबाङ् निवासी वर्ष ६० की कर्मा बुढा मगर, वर्ष ४२ की बरमालि घर्ति, वर्ष ३७ का खगेन्द्र बाठा, वर्ष १३ की प्रतिभा बुढा मगर, परिवर्तन गाउँपालिका वडा नं २ नाफे वर्ष ४५ का दिपक थापा(चालक), गंगादेव गाउँपालिका वडा नं ७ वर्ष ५० का नैन सिंह पुन, माडी गाउँपालिका वडा नं ३ दाबाङ वर्ष ४० की दिलकुमारी बुढा मगरलाई थप उपचारकोलागी जिल्ला अस्पतालमा लगिएको छ ।

रोल्पा जलजला यातायात प्रालिबाट सञ्चालित उक्त जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.