नेकपा माओवादी केन्द्र पालुङटार ७ को अध्यक्षमा प्रेमबहादुर कुमाल।

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा गत शनिबार भएको नेकपा माओवादी केन्द्रको वडा सम्मेलनबाट प्रेमबहादुर कुमालको अध्यक्षतामा १९ सदस्य वडा समिति गठन गरेको छ। जसको उपाध्यक्षमा कमल बहादुर गुरुङ, सचिवमा ओम प्रकाश गुरुङ, सहसचिवमा सूर्यलाल कुमाल र कोषाध्यक्षमा भगवती कुमाल रहेका छन् ॥

ज्ञानु ढकाल भावना कुमाल शान्ता कुमाल, इन्दिरा नेपाली ,दुर्गा कुमाल युवा संगीता वि.क. युवा कल्पना कुमाल १३, दलित टेक व.कि.क. लेख बहादुर बि.क., शान्ता विक, जेनिशा थापा गुरुड,
सिता परियार र अमृता वि.क.रहेका छन् ॥

सम्मेलन वडा नम्बर ७ को पार्टी अध्यक्ष देवीलाल कुमालको अध्यक्षतामा सम्पन्न भएको थियो। सचिव ओम प्रकाश गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खोप बहादुर कडेलले समसामयिक राजनीतिक तथा प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो। त्यस्तैगरी कार्यक्रममा पालुङ्गटार नगर समितिका सचिव शंकरराज कडेल पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डे, नगर समितिका सदस्य मनबहादुर कुमाल, पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमाल, कार्यपालिका सदस्य पम्फा बिक लगायतका शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.