च्याङली सामुदायिक सिकाइ केन्द्रद्वारा शुभकामना अादान प्रदान तथा सिंचाइ सम्भाव्यता सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

कार्तिक ३ गते, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा कार्यक्षेत्र बनाइ काम गरिरहेकाे संस्था च्याङली सामुदायिक सिकाइ केन्द्रद्वारा शुभकामना अादान प्रदान तथा सिंचाइ सम्भाव्यता सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेकाे छ ।

सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र कंडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा पालुङटार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमाल र वडा नं. ८ का वडाध्यक्ष हाेप बहादुर नेपालीले बिशेष अतिथिकाे रूपमा बाेल्दै समसामयिक बिषयहरूमाथि छलफल गरिनुका साथै विजया दशमी, शुभ दिपावली, छठ, नेपाल संवत लगायतका चाडपर्वहरूकाे शुभकामना अादान प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा राष्टिय याेजना अायाेगका याेजना अधिकृत भरत कंडेल, वडा नं. ८ का वडा सदस्य कृष्ण बहादुर कुमाल, वडा नं. ८ का समाजसेवी ध्रुव शर्मा, वडा नं. ७ का पूर्व वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, बिभिन्न टाेलविकास संस्थाका अध्यक्षहरू, महिला समूहका अध्यक्षहरू लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

साेही अवसरमा एम. ए. पावर प्रा.लि.ले प्रस्ताव गरेकाे मर्स्याङदी नदी अर्ध जलाशययुक्त जलबिद्धुत अायाेजनाका बारेमा समेत छलफल गरी उक्त अायाेजनाकाे प्रस्तावक कम्पनीसंगकाे सहकार्यमा वडा नं. ७ र वडा नं. ८ का बिभिन्न भू भागमा सिंचाइ गर्न सकिने सम्भावनाका बारेमा समेत छलफल गरिएकाे थियाे । साथै अायाेजना अघि बढने अवस्था अाएका खण्डमा स्थानीय स्तरमा देखा पर्न सक्ने समस्याहरू र तिनीहरूकाे समाधानका लागि बिभिन्न माग राख्नकाे लागि स्थानीय तह, प्रदेश र संघसंग समेत समन्वय गर्न अनुराेध गर्ने निर्णय गरिएकाे छ । साे काे लागि अावश्यक पहलकदमी वडा नं ७ र वडा नं. ८ का वडाध्यक्षहरूले लिने समेत प्रतिवद्दता व्यक्त गरिएकाे छ ।

के के माग गर्ने निर्णय भएकाे छ त ? 

१, अायाेजना प्रस्तावक संग सम्बन्धित निकायहरूसंग समन्वय गरी वडा नं. ७ र वडा नं. ८ का टार काे भूमिमा सिंचाइकाे लागि समेत पुग्ने पानी ल्याइ वितरण गर्न माग गर्ने ।

२, अायाेजना प्रस्तावक संग सम्बन्धित निकायहरूसंग समन्वय गरी टनेलकाे शुरू बिन्दुदेखि अन्त्य बिन्दुसम्ममा पर्ने स्थानहरूमा सडक सञ्जालले नछाेइएका स्थानहरूमा सडक ट्रयाक खाेली भएकाे सडक सञ्जालसंग जाेडन माग गर्ने ।

३, अायाेजना प्रस्तावक संग सम्बन्धित निकायहरूसंग समन्वय गरी टनेलकाे प्रस्तावित अन्त्य विन्दु रयले क्षेत्र र तनहुँ जाेडने पक्की पुल निर्माणकाे लागि माग गर्ने ।

४, अायाेजना प्रस्तावक संग स्थानीय स्तरमा प्रसस्त राेजगारीकाे सिर्जना गर्न माग गर्ने ।

५, स्थानीय तह वा बन समूह लगायतका संस्थाहरूका लागि तिर्नुपर्ने रकम सिधै सम्बन्धित संस्थालाइ नै दिने व्यवस्था काे माग गर्ने ।

 

 

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.