काठमाण्डौं २५ साउन ।
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) पक्राउ गरेको छ । विहिवार शर्मालाई घरबाट सिआईबीले पक्राउ गरेको उच्च प्रहरीले स्रोतले जनाएको छ । शर्मालाई नक्कली प्रमाणपत्र पेश गरी किर्ते गरेकाे अाराेपमा पक्राउ गरेकाे प्रहरले जानकारी दिएकाे छ ।
सांसद शर्माले पनि म्यासेज गरेर आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई दिएको बताईएको छ । मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित हुुनुभएको थियो । शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक समेत हुनुहुन्छ ।