तनहुँ जिल्लाको सर्बाधिक धन राशी पुरस्कार भएको ” भानु कप” खुला नकअाउट फुटबल प्रतियाेगिता अागामी असार २९ गते बाट श्रावण ६ गते सम्म सन्चालन हुने भएकाे छ ।
क्षेत्रीय भानु रंगशाला भन्सारमा अादिकवि भानुभक्त अाचार्यकाे २१० अाैं जन्म जयन्तीकाे अवसरमा प्रतियाेगिता सञ्चालन गर्न लागिएकाे अायाेजक कमिटीका सन्दिप श्रेष्ठले जानकारी दिनुभयाे ।
प्रतियाेगिताकाे अायाेजना भन्सार युवा परिवार, भिमसेन युवा क्लब र साल्बिस्ने युवा क्लबले संयुक्त रूपमा गर्न लागेकाे श्रेष्ठले जानकारी दिनुभयाे ।
अायाेजकका अनुसार उक्त फुटबल प्रतियाेगितामा प्रथम हुनेले नगद रु २ लाख २५ हजार २१०/-ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुनेले नगद रु १ लाख १२ हजार २१०/-ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तृतीय स्थानका लागि प्रतिस्पर्धामा पुग्ने २ वटा समूहले नगद रू.२० हजार २१० र प्रमाण पत्र पाउनेछन ।
त्यस्तै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्बाधिक गोल कर्ता का लागि नगद रु ५ हजार २१०, ट्रफी,मेडल,प्रमाणपत्र काे व्यवस्था रहेकाे छ ।
अनुशाशित टिमलाइ उचित पुरस्कारका साथै हरेक खेलमा म्यान अफ दि म्याच काे उपाधीसमेत प्रदान गरिनेछ । फुटबल खेलमा सहभागी हुने टिमले टिम दर्ता शुल्क बापत रू.१० हजार २ सय १० तिरी असार १५ गतेदेखि २७ गतेभित्रमा दर्ता गराइसक्नुपर्नेछ । नक अाउट सिस्टम बाट खेलाइने साे खेल ९ A साइडकाे खेल हाे ।
साेही अवसरमा छेलाे र बाघचाल खेल समेत सञ्चालन गरिने बताइएकाे छ । छेलाे र बाघचाल प्रतियाेगितामा भने प्रथम हुनेका लागि मात्र ५ हजार २१० र प्रमाण पत्र व्यवस्था गरिएकाे अायाेजकले बताएकाे छ । साे खेलमा सहभागी हुनेले दर्ता शुल्क रू २१० तिर्नुपर्ने प्रावधान तय गरिएकाे छ ।
पुरस्कार-
फुटबल तर्फ :
प्रथम पुरस्कार : रु २,२५,२१०/-(ट्रफि,मेडल,प्रमाणपत्र )
दितिय पुरस्कार :रु १,१२,२१०/- (ट्रफि,मेडल,प्रमाणपत्र )
तृतीय स्थानमा समावेश हुने टिम:रु २०,२१०/२०,२१०/-(प्रमाणपत्र)
उत्कृष्ट खेलाडी: नगद रु ५,२१०( ट्रफी,मेडल,प्रमाणपत्र )
उत्कृष्ट गोल रक्षक:नगद रु ५,२१०( ट्रफी,मेडल,प्रमाणपत्र )
सर्बाधिक गोल कर्ता:नगद ५,२१०(ट्रफी,मेडल,प्रमाणपत्र )
नोट : अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याच पनि रहेको छ ।
टिम दर्ता मिति:२०८०/०३/१५ देखि २७ गते सम्म
टिम दर्ता शुल्क : रु१०२१०+२०००
सम्पर्क स्थान:भानु कप सचिवालयको कार्यलय भानु १ भन्सार चोक
छेलो तर्फ :
प्रथम पुरस्कार :रु ५,२१०/- प्रमाणपत्र
दर्ता शुल्क :रु २१०/-
बाघचाल तर्फ:
प्रथम पुरस्कार :रु ५,२१०/- प्रमाणपत्र
दर्ता शुल्क :रु २१०/-
Facebook Comments Box