गोर्खाको पालुङ्टार नगरपालिका वडा नम्बर ९ स्थित त्रिवेणी माध्यमिक विद्यालयमा माघ १६ र १७ गते सञ्चालन भएको वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगिताको उपाधि धर्मोदय माविले हात पारेको छ।
आजै भएको फाइनल खेलमा धर्मोदय माविले मिरकोट माविलाई फाइनल खेलमा हराउँदै विजेता बनेको हो। विजेता बनेसँगै धर्मोदय माविले खसी ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ! त्यस्तैगरी उपविजेता मिर्कोट माध्यमिक विद्यालयले बोका मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ!
अमर ज्योति जनता माविले लक्ष्मी माविलाई सोझो सेटमा हराउँदै तृतीय स्थान हासिल गरी बोका मेडल र प्रमाणपत्र मा चित्त बुझाउनु परेको थियो।
आज भएको समापन समारोहमा पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले प्रथम द्वितीय र तृतीय हुने समूहहरूलाई पुरस्कार वितरण गर्नुका साथै रेफ्रीहरुलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो। सोही क्रममा बोल्दै उपप्रमुख पाण्डेले खेल क्षेत्रमा देखिएका केही असमझदारीहरुलाई चिर्दै आगामी दिनमा विवाहित रुपमा खेल संचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो पालुङटार नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेजराज पाण्डेले शिक्षकहरुलाई पठनपाठन सँगसँगै खेल क्षेत्रमा पनि अगाडि बढाउनुपर्ने भन्दै आफूले यस खेलको लागि रकम विनियोजन गरेको बताउनुभएको थियो। आयोजक विद्यालय त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशराज सेढाईले खेलमा सहयोग पुर्याउनु हुनेहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक अमर गैरेले गर्नुभएको थियो।
उक्त खेलमा पालुङटार नगरपालिकाभित्रका १० वटा विद्यालयहरूको सहभागिता रहेको थियो।
