२०८१-१०-०५ देखि २०८१-१०-०७ गते सम्म जिल्ला खेलकुद विकास समिति गोरखा द्वारा आयोजना तथा पालुङटार नगरपालिकाको सह-आयोजनामा अन्तर स्थानिय तह १२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न खेलहरु (३००० मि. दौड (छात्र/छात्रा), २०० मि.दौड (छात्र/छात्रा), लङजम्प(छात्र/छात्रा), भलिबल(छात्र/छात्रा), कबड्डी(छात्र/छात्रा), ४०० मि.दौड (छात्र/छात्रा), ८०० मि. दौड (छात्र/छात्रा), १०० मि.दौड (छात्र/छात्रा), ज्यावलिङ थ्रो (छात्र/छात्रा), ४ x ४०० मि. रिले दौड (छात्र/छात्रा), त्रिपल जम्प (छात्र/छात्रा), १५०० मि. दौड (छात्र/छात्रा), ४ x १०० मि. रिले दौड (छात्र/छात्रा), सटपुट (छात्र/छात्रा), हाइजम्प (छात्र/छात्रा), खेलाइ सम्पन्न भएको छ। ३ दिनको कार्यक्रम अवदि भरि भएको विभिन्न विधाका खेलहरुमा ७ स्वर्ण, ९ रजत, ३ कास्य, जम्मा १९ पदक सहित सिरानचोक गाउँपालिका प्रमथ हुन सफल भएको छ, ६ स्वर्ण, ६ रजत, ८ कास्य, जम्मा २० पदक सहित पालुङटार नगरपालिका द्वितीय हुन सफल भएको छ भने ५ स्वर्ण, ४ रजत, ३ कास्य, जम्मा १२ पदक सहित तृतीय हुन सफल भएको छ, यसै गरि गण्डकी गाउँपालिका ४ स्वर्ण, १ रजत, ४ कास्य, जम्मा ९ पदक, चुमनुब्री गाउँपालिका २ कास्य, जम्मा २ पदक, बारपाक सुलिकोट गाउँपालिका ३ स्वर्ण, ४ रजत, ३ कास्य, जम्मा १० पदक, शहिद लखन गाउँपालिका ३ कास्य, जम्मा ३ पदक, धार्चे गाउँपालिका १ रजत, जम्मा १ पदक, अजिरकोट गाउँपालिका ३ स्वर्ण, ३ रजत, ४ कास्य, जम्मा १० पदक, आरुघाट गाउँपालिका १ कास्य, जम्मा १ पदक, गोरखा नगरपालिका २ स्वर्ण, २ रजत, २ कास्य, जम्मा ६ पदक साथै पुरस्कार हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।
जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा सिरान्चोक गाउँपालिका प्रथम
Facebook Comments Box