रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित

तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन् । व्यास नगरपालिका-१ का मीनबहादुर दरैले मल आएपछि यसपाली त बालीनाली राम्रो हुने आशा जागेको बताए । ‘मल आएको छ भन्ने थाहा पाएपछि हतारमा अन्य काम छाडेर मल लिन दौडिएँ, कम नै भए पनि मल पाएपछि थोरै थोरै गरी हाल्ने र फसल लाग्ने बेलाको धान, मकैमा राम्रो फसल लाग्ने आशा जागेको छ’, उनले भने । नवीन उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रासायनिक मलको सुपथमूल्य पसलमा लाइनमा बसी मीनबहादुरले झैँ अन्य किसानले पनि मल लिएका छन् । मलको अभावले आत्तिएका किसानले कमै मात्रामा मल पाउँदा पनि राहत मिलेको बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड तनहुँ शाखामा केही दिन अगाडि मात्रै अनुदानको एक हजार तीन सय ३१ मेट्रिकटन रासायनिक मल आएपछि वितरण थालिएको कम्पनीले जनाएको छ । जिल्लामा आपूर्ति भएको रासायनिक मल पालिकाले सिफारिस गरेको सहकारीमार्फत बिक्रीका लागि केही स्थानमा पठाइसकिएको छ भने केहीमा लिन आउने क्रम जारी रहेको लिमिटेडका शाखा प्रमुख दिनेश शर्माले जानकारी दिए । चालु आर्थिक वर्षको जेठ ९ गतेसम्ममा जिल्लामा आठ सय २७ मेट्रिकटन युरिया, चार सय ८३ मेट्रिकटन डिएपी र ६८ मेट्रिकटन पोटास बिक्री वितरणका लागि पठाइएको उनले बताए । हालसम्म कम्पनीले तनहुँ र लमजुङ जिल्लामा एक हजार तीन सय ७८ मेट्रिकटन रासायनिक मल बिक्रीका लागि पठाइसकेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको जेठ ९ गतेसम्म तनहुँका किसानलाई चार सय ८० मेट्रिकटन युरिया, तीन सय ५० मेट्रिकटन डिएपी र ३७ मेट्रिकटन पोटास बिक्री गरेकोे प्रमुख शर्माले बताए । उनका अनुसार यहाँबाट लमजुङका किसानका लागि दुई सय ६२ मेट्रिकटन युरिया, ८९ मेट्रिकटन डिएपी र १७ मेट्रिकटन पोटास विक्रीका लागि सहकारीमा पठाइएको छ ।
उक्त शाखाले तनहुँलगायत लमजुङ र गोर्खा हेर्नुपर्ने हुन्छ । तनहुँ र लमजुङका लागि यस कार्यालयमा मल आपूर्ति हुने भए पनि गोर्खाका लागि ढुवानीकै क्रममा गोर्खा पठाउने व्यवस्था गरिएको छ । तनहुँमा ९० बिक्रेता, लमजुङमा ४४ र गोर्खामा ६३ गरी कूल एक सय ५७ बिक्रेतामार्फत रासायनिक मल बिक्री वितरण हुँदै आएको छ । तनहुँका सबै पालिकामा मल वितरणका लागि बिक्रेता छन् । व्यास नगरपालिकामा २१, भानु नगरपालिकामा १९ र शुक्लागण्डकी नगरपालिकामा १३ बिक्रेतामार्फत मल बिक्री वितरण हुँदै आएको छ ।
त्यस्तै लमजुङको राइनासकोट नगरपालिकामा १३ र सुन्दरबजार नगरपालिकामा १३ बिक्रेतामार्फत मल वितरण भइरहेको प्रमुख शर्माले जानकारी दिए । अनुदानको मल वितरण केन्द्रीय समितिको समन्वयमा मुलुकभरका किसानका लागि कूल १२ लाख मेट्रिकटन रासायनिक मल आपूर्ति गर्नुपर्नेमा वार्षिक चार लाख मेट्रिकटन मात्रै मल आपूर्ति आपूर्ति हुँदै आएको छ । गण्डकी प्रदेशका लागि तीन प्रतिशत मल आपूर्ति हुने गरेको छ । उक्त परिमाणको रासायनिक मल ११ जिल्लाका किसानसमक्ष पुर्‍याउनुपर्ने अवस्था रहेको प्रमुख शर्माले बताए । गण्डकी प्रदेशको ११ जिल्लामध्ये नवलपुर जिल्लालाई बढी र त्यसपछि कास्की तथा तनहुँलाई अनुदानको मलको व्यवस्था हुने गरेको छ । यस पटक कूल पाँच सय ४३ दशमलव छ मेट्रिकटन मात्रै रासायनिक मल आपूर्ति भएको छ ।

मुलुकभरका लागि नै कम रासायनिक मल आपूर्ति हुँदा समस्या भएकाले मलको कोटा वृद्धि गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । ‘प्रदेशका लागि कम्तिमा आठदेखि १० प्रतिशतसम्म अनुदानको मल वृद्धि गर्नुपर्ने अवस्था भएकाले जिल्लाका राजनीतिक दल, नेतृत्व तहमा रहेको नेताले आपूर्ति बृद्धिका पहल गर्नुपर्ने हुन्छ’, प्रमुख शर्माले भने, ‘हाल रासायनिक मल प्रयोग नगरी उत्पादन नहुने भएको छ, सहरीकरणका कारण खेतीयोग्य भूमि सागुरिँदो अवस्थामा छ, खेतीयोग्य जमिन घट्दो र उत्पादन बढी लिन खोज्दा बर्सेनि माग बढ्दै गएको हो ।’ स्थानीय तहको सिफारिसमा सहकारीमार्फत मल बिक्रीका लागि पठाइने गरिएको छ । उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा कृषि शाखा अधिकृत, प्रशासकीय अधिृकत संलग्न रहेको समितिमार्फत सिफारिसमा परेका सहकारीले रासायनिक मल बिक्री विरतरण गर्दै आएका छन् ।

किसानबाट बढी मूल्य तिर्नुपरेको भन्ने गुनासो आइरहेकाले तोकिएको मूल्यमा मल बिक्री वितरण गरिएको छ वा छैन भन्ने विषयमा स्थानीय तहले चासोका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ । आगामी वर्षका लागि तीन हजार मेट्रिकटन युरिया, एक हजार मेट्रिकटन डिएपी र एकसय ५० मेट्रिकटन पोटास आवश्यक रहेकाले आपूर्तिका लागि पहल गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.