शुक्लागण्डकी : शिक्षक सरुवाको मुद्दा उच्च अदालतमा

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाको कार्यपालिकाले शिक्षक सरुवा गर्ने निर्णय गरेपछि सरुवा हुन नचाहेका शिक्षकहरुले उच्च अदालत पोखरामा बदरको माग सहित दायर मुद्दाको मंगलबार सुनुवाई हुने भएको छ । नगपालिकाले शैक्षिक गुणस्तरलाई थप प्रभावकारी बनाउन र सेवा क्षेत्र अपायक पर्ने शिक्षकहरुको माग अनुसार गत बैशाख १५ गते ५० शिक्षकको सरुवा गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाको निर्णय नमान्ने भन्दै सरुवा भएका मध्येका २० शिक्षकले मुद्दा दायर गरेपछि अदालतले कारण देखाउ आदेश दिएको छ । भोली मंगलबार नगरपालिकाका तर्फबाट सरुवा गर्नुको कारण देखाई अन्तरिम आदेश प्राप्त भए नगरपालिकाको निर्णय कार्यन्वयन हुन्छ भने अन्तरिम आदेश प्राप्त नभए मुद्दाको अन्तिम फैसला नआउदाँसम्म शिक्षक सरुवाको निर्णय यथावत रहन सक्ने नगरपालिकाले जनाएको छ ।
सरुवा प्रक्रियामा असन्तुष्टी जनाउदै रिट दर्ता गराएका छब्दी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक यज्ञराज सिग्देलले अदालतले निर्णयले शिक्षकहरुलाई न्याय दिने विश्वास ब्यक्त गरे । भोली हुने निर्णयपछि सरुवा पश्चात अलमलमा परेको शिक्षकहरुले न्याय पाउने छन् ।

नगरको निर्णय पश्चात सरुवा भएको स्थानमा गई पठन पाठन गराएको शिक्षकहरु भने यस अघिका सरुवा प्रक्रिया नगरको शिक्षा नियमावली नै भएकाले स्वीकार गरिएको बताएका छन् । शिक्षकहरुको राय सल्लाह सहित निर्माण भएको नियमावली ६ बर्षसम्म मान्य रहेपनि अहिले केही शिक्षकहरुले विवादित बनाएको नगर शिक्षा शाखा प्रमुख नवराज चापागाईले बताए । ‘जीवनकाल भरि एउटै विद्यालयमा बस्न खोज्नेहरुले विवाद सिर्जना गरेका छन्’ उनले भने, ‘अर्काे विद्यालयमा गएर अध्यापन गराउदाँ कुनै फरक पर्दैन, सवैलाई पायक समेत पारिएको छ ।’

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.